default_image

6 years ago

March 7, 2020

मानबहादुर र दिलको जोडी च्याम्पियन

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्युटन पब्लिक स्कुल ‘बी’ का मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी प्रथम न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को बिच भलिबलको समेत जोडी रहेको मानबहादुर र दिल सुनारको जोडी गण्डकी प्रदेशका सन्जुविक्रम शाह र होम पुनको जोडीलाई पराजित गर्दै च्याम्पियन बनेको हो । काठमाडौंस्थित न्युटन पब्लिक स्कुलको कोर्टमा शनिबार भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा न्युटन ‘बी’ ले गण्डकी प्रदेशमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेट गण्डकीले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट न्युटन ‘बी’ ले २५–१९ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बराबरीमा ल्यायो । तेस्रो सेटमा गण्डकी पुनः २५–१९ ले विजयी भयो । चौथो सेटमा न्युटनले २५–२१ ले खेल आफ्नो सेटमा पारेपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । निर्णायक सेटमा न्युटले एकपक्षीय प्रदर्शन गर्दै १५–५ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै न्युटन ‘बी’ ले ७० हजार ७ सय ७७ रुपैयाँ हात पार्यो । दोस्रो भएको गण्डकीले ४० हजार ४ सय ४४ रुपैयाँमा चित्त बुझायो ।

शनिबारै एपीएफका विजय थापा र राजकुमार निरौलाको जोडीले ढोरपाटनका मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २५–१९ र २५–२२ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारे ।  तेस्रो भएको एपिएफले २० हजार २ सय २२ रुपैया प्राप्त गर्यो ।

न्युटन ‘ए’ का दिल सुनार प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ३ हजार ५ सय रुपैयाँ हात पारे । विजयी टोली तथा खेलाडीहरुलाई बाग्मती प्रदेश प्याब्सनका अध्यक्ष थकिन कुमार गुरुङ र विद्यालयका प्रिन्सिपल राम केसीले पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा १६ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका आयोजक न्युटनका प्रिन्सिपल समेत रहेका नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीले जानकारी गराए ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.