9 years ago
July 24, 2016
नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल ‘बी’ ले बंगलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउदै उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल भयो ।
त्यस्तै समूह ‘ए’ बाट भारत ‘ए’ विजेता र माल्दिभ्स उपविजेता हुादै सेमिफाइनलमा स्थान बनाउन सफल रहे । भारत ‘ए’ ले भारत ‘सी’, माल्दिभ्स र नेपाल ‘ए’ विरुद्ध समान ३–० को जित दर्ता गर्यो । माल्दिभ्सले नेपाल ‘ए’ लाई ३–० तथा भारत ‘सी’ लाई ३–१ ले पाखा लगायो ।
नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० वर्षमाथि टिम इभेन्टको समूह ‘ए’ बाट भारत ‘ए’ विजेता तथा नेपाल ‘बी’ उपविजेताका रुपमा अन्तिम चारमा पुगे । समूह ‘बी’ बाट नेपाल ‘ए’ विजेता र भारत ‘सी’ उपविजेता बन्दै सेमिफाइनल यात्रा तय गरे ।
भारत ‘ए’ ले भारत ‘बी’, नेपाल ‘बी’ र पाकिस्तानलाई समान ३–० ले पन्छायो । नेपाल ‘बी’ ले भारत ‘बी’ लाई ३–० तथा पाकिस्तानलाई ३–२ ले निराश बनायो ।
त्यसैगरी, नेपाल ‘ए’ ले भारत ‘बी’ लाई ३–१, माल्दिभ्सलाई ३–० तथा भारत ‘सी’ लाई ३–१ ले पराजित गर्यो । भारत ‘सी’ ले भारत ‘बी’ लाई ३–२ तथा माल्दिभ्सलाई ३–० ले हरायो ।
तीनदिने प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]