default_image

9 years ago

July 30, 2016

ओलम्पिकमा नेपाली झन्डा फुपुल्हामुले बोक्ने

255 views

0 Bookmark

ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छन् ।

phupu lhamu khatri to lift nepali flag in rio olympics

तस्बिर स्रोत: फुपु ल्हामु (फसबुक)

शनिवार नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजीत कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सो घोषणा गरेको हुन् । ‘भर्खरै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उहााले स्वर्ण जित्नु भएको थियो । त्यसैगरि अन्य खेलहरुमा पनि उहााको उत्कृष्ट पदर्शन रहेको छ त्यहि पदर्शनको आधारमा उहाालाई चयन गरिएको हो ।’ एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘एनओसीको कार्यकारीणी समितिको बैठकले सो निर्णय गरेको हो ।’

श्रेष्ठले ग्लोबन आइएमइ बैंकले ओलम्पिकमा सहभागी हुने टिमलाई ड्रेस प्रायोजन गरेको र तयारीका लागि १० लाख रुपैयाा प्रदान गरेको समेत जानकारी गराउनुभयो । सो अवसरमा श्रेष्ठले केहि दिनमा नै सिवानी एयरसाग बार्षिक रुपमा प्रायोजनको विषयमा सम्झौता हुन लागेको समेत घोषणा गरे । ‘सिवानी एयरका प्रोपाइटर मणिन्द्रलाल रंजित बाहिर हुनुहुन्छ उहाा आउने वित्तिकै सम्झौता हुन्छ । सिवानी एयरले एनओसीलाई बार्षिक २० लाख प्रदान गर्ने सहमति भएकोछ ।’ सम्झौता हुन बााकी रहेको छ । रंजित रियो ओलम्पिकमा एनओसी अतिथिका रुपमा सहभागी हुादै छन् । त्यसैगरि एनआरएनएका अध्यक्ष शेष घले पनि एनओसीका अतिथिका रुपमा रियो ओलम्पिकमा सहभागी हुदैछन् । एनआरएनसाग एनओसीको सम्झौता भए को छ । ‘हामीले २०२० सम्मका लागि एनआरएनसाग सम्झौता गरेका छौं । एनआरएनका खेलाडीले समेत सहभागीता जनाउने छन् । यस पटक पनि गौरिका सिंह रहेकी छन् ।’ श्रेष्ठले भने ।

जुडोकी फुपुल्हामु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्र्धा गर्नेछिन् । त्यसैगरि आर्चरीका जितबहादुर मुत्ताङले व्यक्तिगत कर्वतर्फ प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दोकी निशा रावलले २० अग्रस्टमा ६७ भन्दा बढि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । त्यसैगरि एथलेटिक्ककी सरस्वती भट्टराईलाई १५ सय मिटरमा १२ अगष्टमा प्रतिस्पर्धा गर्नेछिन् । पुरुषका एथलेटिक्स खेलाडी हरिकुमार रिमालले ५ हजार मिटर दौडतर्फ भाग लिएका छन् । उनको प्रतिस्पर्धा १७ अगष्टमा हुने छ ।

त्येग्रि पौडीतर्फ ७ अगष्टमा महिलाको एक सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन् । उनी लन्डनमा नै रहेकी छन् । उतैबाट ब्राजिलको रियो जाने कार्यक्रम रहेको छ । पुरुष पौडी खेलाडी शिरिष गुरुङले १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पधा गर्ने छन् । उनको प्रतिस्पर्धा ९ अगष्टमा हुने छ ।
रियो ओलम्पिकमा नेपालबाट पााच खेलका सात खेलाडीले सहभागीता जनाउादैछन् । पौडीतर्फ शिरिष गुरुङ र गौरिका सिंह छन् । पौडीको प्रशिक्षकाम इश्वरकुमार कार्की रहेका छन् । टिम अफिसियलमा पौडीका अध्यक्ष अशोक बज्राचार्य छन् । त्यसैगरि जुडोबाट फुपुल्हामु खत्रीले भाग लिर्दैछिन् । उनकी कोच देव थापा पनि ओलम्पियन हुन् । जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य टिम अफिसियलमा छन् ।
आर्चरीमा जितबहादुर मोक्ताङले प्रतिस्पर्धा गर्दैछन् कोचमा दिपकराज गुरुङ रहेका छन् । टिम अफिसिलमा रमेशकुमार श्रेष्ठ र समिम मिया अन्सारी रहेका छन् । तेक्वान्दोतर्फ निशा रावलको प्रशिक्षकमा ओलम्पियन संगिना बैद्य रहेकी छन् । टिम अफिसियलमा राजन श्रेष्ठ छन् । रिओ ओलम्पिकमा एनओसीका अध्यक्ष श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा बाहेक उपाध्यक्ष ज्योती राणा, कोषाध्यक्ष रतन टन्डन, सदस्य निलेन्द्रराज श्रेष्ठ छन् । त्यसैगरि सुजनलाल श्रेष्ठ र टिम डाक्टरमा सरोज कृष्ण श्रेष्ठ रहेका छन् ।
नेपाली टिमका सेफ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट छन् । विष्ट र सुजनलाल श्रेष्ठ शनिवार राती नै रियोतर्फ प्रस्थान गरेका छन् । नेपालले गत २०१५ को जनवरीदेखि रियो ओलम्पिकका लागि तयारी गरेको एनओसी अध्यक्ष श्रेष्ठले बताए । ‘पहिलो पटक सहज रुपमा शान्तिपूर्ण वातावरणमा ओलम्पिकमा सहभागीता जनाउने अवसर मिलेको छ ।’ श्रेष्ठले भने,‘जसका कारण कर्पाेरेट हाउससागसमेत हातेमालो गर्न सक्यौं ।’ सो अवसरमा नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले ओलम्पिकको महत्वको सहभागीताको विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा ग्लोबल आइएमइका मार्केटिङ प्रमुख प्रसन्न बास्कोटा र एनआरएनएका ए सि शेर्पालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम अफिसियललगायको उपस्थिति थियो । सो अवसरमा नेपाली टिमको अफिसियल ड्रेस प्रदर्शन गरिएको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.