9 years ago
August 1, 2016
नक्सालका सुशील थापा प्रथम अन्तर क्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा सुशीलले ४९ केजी तौलसमूहमा स्वर्ण जिते । फाइनलमा सुशीलले नेपाल आर्मी क्लबका मिसलदीप सुनवारलाई अंक आधारमा पराजित गरे । उत्कृष्ट चुनिए वापत सुशीलले १० हजार नगद पुरस्कार पाए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५२ केजी फाइनलमा आर्मीका करण चौधरीले आफ्नै क्लबका सुदीप श्रेष्ठलाई हराउदै पहिलो भए । ५६ केजीमा नक्सालका गणेश थापाले स्वर्ण हात पारे । उनले फाइनलमा आर्मीका मुनाल पुन मगरको चुनौती समाप्त पारे । ६० केजीमा नक्सालका युवराज कार्की च्याम्पियन बने । फाइनलमा उनले नक्सालकै किशोर शर्मालाई पन्छाए । ६४ केजीमा आर्मीका मोहन ठकुरीले फाइनलमा ललितपुरका अनोज भण्डारीलाई निराश पार्दै स्वर्ण जिते ।
त्यस्तै ६९ केजीमा बानुज फिट्नेसका अनिश श्रेष्ठ शीर्ष स्थानमा रहे । फाइनलमा उनले काठमाडौं बक्सिङ क्लबका सुरज मगरलाई पाखा लगाए । ७५ केजीमा आर्मीका केशव बम पहिलो बने । उनले फाइनलमा आर्मीकै हर्कराम विकलाई हराए । ८१ केजीमा ललितपुरका मनोहर बस्नेतले बाजी मारे । उनले उपाधि भिडन्तमा आर्मीका ध्रुव रानाभाटलाई निराश पारे । ९१ केजीमाथि आर्मीका रोशन गोदारले फाइनलमा केन्द्रीय बक्सिङका मेघ डानियल लामालाई हराउदै पहिलो स्थान कब्जा गरे ।
केशव टेक्निकल नकआउटका आधारमा विजयी भए भने बाँकी सबै अंक आधारमा विजेता बने । प्रत्येक स्पर्धामा पहिलो हुनेले २ हजार, दोश्रोले १ हजार ५ सय तथा तेश्रो हुने दुई खेलाडीले १–१ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा आर्मी टिम च्याम्पियन बन्यो । आर्मीले सर्वाधिक ५ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।
विजेतालाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पा, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष प्रेम प्रधानलगायतले पुरस्कृत गरे । साउन १३ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न ११ क्लबका ५१ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]