default_image

9 years ago

August 2, 2016

गौरिका रियोमा सबैभन्दा कान्छी खेलाडी पक्का

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )–  नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट १० हजार बढी खेलाडीको सहभागिता ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा १३ बर्षकी उनी सबै भन्दा कान्छी खेलाडीका रुपमा रहेको उल्लेख गरिएकोछ ।

१२ औं सागमा जितेका चार पदक देखाउँदै पौडी खेलाडी गौरिका सिंह ।

१२ औं सागमा जितेका चार पदक देखाउँदै पौडी खेलाडी गौरिका सिंह ।

गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा गर्नेछिन् । त्यही दिन उनी १३ बर्ष २ सय ५५ दिन पुरा हुने छिन् । रोयटर्ससँग कुरा गर्दै उनले पहिलो पटक सुन्दा विश्वास गर्न गाह्रो भएको बताएकी छिन् । ‘मेरो उमेर सानो छ । तर म नै सबैभन्दा सानो छु भन्दा विश्वास लागेको थिएन,’ दुई बर्षको उमेरदेखि बेलायत वसोवास गर्दै आएकी गौरिकालाई उद्दृृत गर्दै रोयटर्सले उल्लेख गरेको छ, ‘ मैले महिना दिन अगाडी थाहा पाउँदा अचम्म लागेको थियो ।’ आफ्नो रियो ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी भएमा गर्व गर्दै गौरिकाका पिता पारसले भने,‘ उनी विशेष छिन् । उनी रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी भन्दा विश्वास गर्ने गा¥हो लागि रहेको छ । अब उनले ओलम्पिकको दबाब कसरी खेप्छिन् त्यो हेर्नुछ ।’

रियो ओलम्पिक न्युज सर्भिसका खेलकुद संवाददाता इयान चान्दबन्दले नेपाली टोलीको तयारी समितिका संयोजक निरलेन्द्रराज श्रेष्ठ नेपालमै हुँदा इमेलमार्फत गौरिका यसपटक ओलम्पिकको सबैभन्दा कम उमेरकी खेलाडी हुन सक्ने अनुमान गरेका थिए । गौरिकाले ६ महिनाअघि १२ औं सागमा नेपालाई एक रजतसहित ४ कास्य पदक जितेकी थिइन् । सागमा नेपाललाई व्यक्तिगत पदक दिलाउने गौरिका पहिलो खेलाडी हुन् । उनले दुइ सय मिटर इन्डिभिजुअल मिड्लेमा रजत, ५०, १ सय र २ सय मिटर ब्याक स्ट्रोकमा कास्य जितेकी थिइन् । पौडीका गौरिका र शीरिष गुरुङ तथा एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई युनिभर्सियालिटी प्लेससका आधारमा रियो पुगेका हुन् । त्यस्तै जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तानले वाइल्र्ड कार्डमार्फत सहभागिता जनाउँदैछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.