default_image

10 years ago

September 5, 2015

श्यान्टूलाई यु–१६ सिंगल्स उपाधि

258 views

0 Bookmark

काठमाडौं भदौ १९ गते-

प्राइम कलेजका श्यान्टू श्रेष्ठले दसौं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्सको उपाधि शनिबार जितेका छन् ।

हरेराम जोशी स्मृति टेबलटेनिसको ब्वाइज यु–१६ सिंगल्स उपाधि विजेता श्यान्टू श्रेष्ठलाई ट्रफी प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ (दाया) ।

हरेराम जोशी स्मृति टेबलटेनिसको ब्वाइज यु–१६ सिंगल्स उपाधि विजेता श्यान्टू श्रेष्ठलाई ट्रफी प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ (दाया) ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको फाइनलमा श्यान्टुले आदर्श विद्या मन्दिर (एभीएम) का रितिज जोशीलाई ११–९, ११–८ र ११–३ को सोझो सेटमा पराजित गरे । यसै स्पर्धाको गल्र्समा अघिल्लो दिन एभीएमकी दीक्षा तामाङले स्वर्ण हात पारेकी थिइन् ।

स्व. हरेराम जोशी फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको खुला पुरुष सिंगल्समा प्राइमका निहाल श्रेष्ठ पहिलो भए । उनले प्राइमै श्यान्टूलाई ११–९, ११–३, १०–१२, ३–११ र ११–७ को सेटमा हराए ।

गल्र्स यु–१२ सिंगल्समा प्रभात इङलिस उमाविकी अन्जु सुवालले विजेश्वरी उमाविकी दुर्गा राजभण्डारीको चुनौती ९–११, ११–६, ११–५, ६–११ र १४–१२ ले समाप्त पार्दै शीर्ष स्थान कब्जा गरिन् । शुक्रबार सम्पन्न यो स्पर्धाको ब्वाइजमा ग्यालेक्सी पब्लिक स्कुलका उपेन पराजुली च्याम्पियन बनेका थिए ।

भेट्रान्स ४० वर्षमाथि ललितपुरका राजेन्द्र वज्राचार्य पहिलो भए । उनले फाइनलमा ग्यालेक्सीका कपुर शर्मालाई ११–५, ११–९ र ११–९ को सीधा सेटमा पन्छाए । भेट्रान्स ५० वर्षमाथि उदयमोहन श्रेष्ठले बाजी मारे । उपाधि भिडन्तमा उनले इन्द्रशेखर खड्कालाई ११–९, ११–९ र १३–११ को सोझो सेटमा निराश पारे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं ओलम्पिक कमिटीका नवनिर्वाचित महासचिव लामा टेन्डी शेर्पा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, स्व. हरेरामका छोरा एवं टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक रमेशराज जोशीले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा विभिन्न ७ स्पर्धामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.