5 years ago
August 24, 2020
एजेन्सी – क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बायर्न म्युनिखसँग १-० ले पराजित हुँदै उपाधि जित्नबाट बन्चित भयो ।

खेलको दोस्रो हाफमा पीएसजीकै पूर्व खेलाडी किंग्सले कोमानले गरेको गोल पीएसजीको हारको कारण बन्यो । पहिलो हाफमा आक्रामक प्रस्तुति दिएको पीएसजीले गोल गर्न भने चुकेको थियो । दोस्रो हाफमा बायर्नले गोल गरेपछि पीएसजी हतारिएको देखियो । बराबरी गोलका लागि संघर्ष गरेको पीएसजी सफल नहुँदा उपाधि गुमाउन पुग्यो ।
खेलपछि स्टार नेयमारसँगै अन्य खेलाडी निकै भावुक देखिए । एकातर्फ बायर्नका खेलाडी खुसियाली मनाइरहँदा पीएसजी र नेयमारको अवस्था यस्तो थियो :

तस्बिरहरु : फैसल एचक्यु
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]