5 years ago
August 31, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमुक्त भएका छन् ।

पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले सोमबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आफु २३ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् । प्रशिक्षक थापा २५ साउनदेखि सातदोबाटोस्थित स्क्वास भवनको एक फ्लोरमा सेल्फ आइसोलेसनमा रहेका थिए ।
उनले कोरोना संक्रमण पुष्टि भएपछि र आइसोलेसनमा बस्दासमेत कोरोनाको कुनै लक्षण नदेखिएको समेत बताएका छन् ।
यस्तै प्रशिक्षक थापाले अझै केही दिन आइसोलेसनमा बसेर परिवाससँग जमघट गर्ने बताएका छन् । उनले आफ्नो रिकभरी समयमा आफ्नो स्वास्थ्यबारे चासो लिने नेपाल स्क्वास एन्ड र्याकेट संघ परिवारलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
साउन २४ गते शनिबार स्टार अस्पतालमा पुगेर स्वा संकलन गरेको रस्वास्थ्य मन्त्रालयबाट कोरोना पोजेटिभ देखिएको खबर पाएपछि उनी २५ साउनदेखि सेल्फ आइसोलेसनमा बसेका थिए । थापाले दोस्रोपटक पाटन अस्पताल पुगेर गत बिहीबार पुन स्वाब संकलन गराएका थिए । रिपोर्ट आउन समय लागेपछि उनी लामो समय सेल्फ आइसोलेसनमा बस्नुपरेको थियो । प्रशिक्षक थापा ६० सालयता राखेप अन्तर्गत स्क्वासको प्रशिक्षक रहेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]