9 years ago
September 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एक अंडर ७१ स्कोर गर्दै टेन्डी शेर्पाले शनिबार सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको सातौं संस्करण जितेका छन् ।

पवित्र कार्की, रोबिन राणा र सन्जय पौडेलले समान इभन पार ७२ को स्कोर गरेपछि काउन्ट ब्याकका आधारमा पवित्र दोस्रो र रोबिन तेस्रो भए । पृथ्वी मल्लले ५ ओभर ७७ स्कोरसाथ वेस्ट ग्रसको उपाधि जिते । अर्नभ शाहले ५ ओभर ७७ को प्रदर्शनसाथ जुनियर उपाधि हासिल गरे ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा गोकर्ण गल्फ क्लबमा भएको प्रतिस्पर्धात्मा प्रतिस्पर्धामा जारी प्रतिस्पर्धामा ३५ जना सहभागी थिए । विजेतालाई भेट्रान गल्फर यू हजुर थापाले पुरस्कृत गरे ।
हरेक मेडल राउन्डका शीर्ष ५ ग्रस स्कोरर, नेट स्कोरतर्फका शीर्ष १० र जुनियरतर्फका ५ खेलाडीले अंक प्राप्त गर्नेछन् । नेटतर्फका शीर्षमा रहनेले २ सय, दोस्रोमा रहनेले १ सय ३० स्कोर पाउनेछन् । त्यस्तै ग्रस र जुनियरतर्फ शीर्षमा रहेनले ५०, दोस्रोले ३०, तेस्रोले २० स्कोर पाउने छन् ।
दसौं संस्करण समाप्तिपछि नेटतर्फका ४०, ग्रस र जुनियरतर्फका शीर्ष १० जना क्लब च्याम्पियनसिपका लागि छनोट हुनेछन् । दुई चरणमा गरि क्लब च्याम्पियनसिप जनवरी र फेब्रुअरीमा हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]