default_image

9 years ago

September 5, 2016

चेस ओलम्पियाडमा नेपालको दुवै टोली विजयी

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ४२ औं चेस ओलम्पियाडमा पहिलो जित हासिल गरेको छ । अजरबैजानको बाकुमा जारी ओलम्प्यिाडको सोमबार भएको तेस्रो चरणमौ टोलीले जित हासिल गरेका छन् । दुवै टोलीले समान २ अंक जोडेका छन् । नेपाल बुद्धिचाल संघले दिएको जानकारी अनुसार नेपालको पुरुषतर्फ युएस भर्जिन आइसलेज र महिलातर्फ स्वाजिल्यान्डलाई समान ४–० ले हराएको थियो ।

DSC03953
दोस्रो चरणमा पनि व्यक्तिगत खेलमा जित हासिल गरेका शान्ताले सोमबार निकिवे न्हुचुमालोलाई खेलको ४४ औं हराइन् । शान्ताको व्यक्तिगत अंक २ पुगेको छ । नेपाल च्याम्पियन सिन्दिरा जोशीले नोसिमालो मिकान्तो लाई पराजित गरिन् । सुजना लोहनीले तेमाबुयो न्कुन्यालाई र अस्मिता अधिकारीले मिथावा थाबिलेलाई हराइन् ।
पुरुषतर्फ नेपालका लागि २०९९ रेटेड केशव श्रेष्ठले २२०५ रेटेड खेलाडी जेम्स माच्यदलाई ४० औं चालमा पराजित गरे भने । सजिन महर्जनले आफुभन्दा कम रेटेड खेलाडी एनाटोनी मोन्गिलोलाई हराए । त्यस्तै भुपेन्द्र निरौलाले २१५४ रेटेड खेलाडी डेम्सी जोन माथि जित दर्ता गराउन्दा फिडे मास्टर बिलमलाल श्रेष्ठले डेबिड कन्हफलाई खेलको ३९ औ चालमा हराउन सफल भए । व्यक्तिगत रुपमा बिलमको यो दोस्रो जित हो । उनको अंक २ पुगेको छ ।

DSC03969

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.