9 years ago
September 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – दुई नेपाली चेस खेलाडीले क्यान्डिडेड मास्टरको उपाधि हासिल गरेका छन् ।

अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडका दौरान सजिन महर्जन र सुजना लोहनी क्यान्डिडेड मास्टर उपाधि हासिल गर्न सफल भएका हुन् ।
ओलम्प्यिाडको सातौं चरणमा शनिबार सजिनले जर्सीका वाइस्की पल (१९९२ रेडेट) लाई हराएका थिए भने सुजनाले आफुभन्दा उच्च वरियाताकी स्भातिनल गोच्नर (१८०९ रेटेड) लाई पाराजित गरेको नेपाल बुद्धिचाल संघले जनाएको छ ।
ओलम्पियाडमा व्यक्तिगततर्फ सिजनले ६ खेलमा र सुजनाले ५ खेलमा समान ४ अंक जोडेका थिए ।
सजिनले अब हुने तीन खेलबाट २ र सुजनाले ४ खेलबाट २ अंक प्राप्त गर्न सके दुवैले फिडे मास्टरको उपाधि प्राप्त गर्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]