default_image

9 years ago

September 10, 2016

चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीलाई सफलता

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले सफलता प्राप्त गर्दा महिला टोली भने निराश भएको छ ।

received_10155198136703032

समूह ‘डी’ मा रहेको पुरुष टोलीले जर्सीलाई ४–० ले पराजित गरेको छ । आठौं चरणको खेल जित्न सके नेपालले पदक जित्ने सम्भावना रहेको नेपाल बुद्धिचाल संघले जनाएको छ ।
प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको फिडे मास्टर बिलमलाल श्रेष्ठ (२०१७रेटेड) ले टिटो कान (१८८० रेटेड) लाई पराजित गरे । बिलमलले अहिले सम्म ६ खेलमा ५ जित र १ खेलमा बराबरी गरेका छन् । भुपेन्द्र निरौलले क्रिजेटो बेल्जोलाई हराए । सिजन महर्जनले पाउल वाइस्कीलाई माथ दिए । त्यस्तै क्षितिज भण्डारीले ग्राहम मोनीलाई हराए । हुनेछ ।
नेपाली महिला टोली ३–१ ले पराजित भएको थियो । महिलातर्फ एकमात्र खेल सुजना लोहनी ले जितिन् भने मोनालिसा खम्बु, सिन्दिरा जोशी र अस्मिता अधिकारी पराजित भए । महिला टोलीको ४ अंक छ । सिजन र सुजनाले सातौं चरणको जितपछि क्यान्डिडेड मास्टरको उपाधि हासिल गरेको नेपाल बुद्धिचाल संघले जनाएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.