default_image

9 years ago

September 13, 2016

प्रतिभा चम्किदा आर्मी बिरुद्द न्यू डायमण्ड विजयी

183 views

0 Bookmark

न्यु डायमण्ड स्कुल र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

NVA CUP

महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले काभ्रे भलिबल संघलाई पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा भएको उद्घाटन खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सेटमा पाखा लगायो । आर्मीविरुद्ध न्युडायमण्डले पहिलो सेट २५–११, दोस्रो २५–१४ र तेस्रो सेट २५–१६ को सेटमा जित निकाल्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो ।

नेपाल भलिबल संघको बार्षिक क्यालेन्डर अनुसारको पहिलो प्रतियोगिताको महिलातर्फको पहिलो खेलमा एपीएफले काभ्रे जिल्ला भलिबल संघमाथि ३–० कै सेटमा जित निकाल्यो । एपीएफले काभ्रेमाथि २५–५, २५–८ र २५–३ को जित निकाल्यो । पुरुषतर्फको खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब र ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेका छन् । राखेप कबर्डहलमा भएको पुरुषतर्फको पहिलो खेलमा मणिमुकुन्दले काभ्रे भलिबल संघमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । मणिमुकुन्दले काभ्रेमाथि पहिलो सेट २५–१२, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ को जित निकाल्यो ।

यस्तै पुरुषतर्फको दोस्रो खेलमा ढोरपाटनले बुढानीलकण्ठ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्‍यो । पहिलो सेट १६–२५ ले गुमाएको ढोरपाटनले त्यसपछि लगातार तीन सेट जित्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । बुढानीलकण्ठविरुद्ध ढोरपाटनले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ तथा निर्णायक सेट २७–२५ जित्दै खेल आफ्नो पक्षमा बनायो ।

लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख ५० हजार रुपैयाा जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैया जित्ने छन् । यस्तै च्याम्पियनसिपको दुवै विधाका सर्बोकृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, ब्लकर, लिफ्टर, लिब्रो र सर्भरले जनही ५ – ५ हजार पाउनेछन् । च्याम्पियनसिपको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले गरेका थिए । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, भलिबल संघका उपाध्यक्ष यमबहादुर गुरुङ, निरोज मास्के र रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

भलिबल संघ विस्तार खड्का उपाध्यक्षमा मनोनित काठमाडौं । भलिबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्का नेपाल भलिबल संघको उपाध्यक्षमा मनोनित भएका छन् । खड्काले वि.सं २०४५ सालदेखि लगातार राष्ट्रिय प्रतियोगिता खेलेका थिए भने खेलाडी जीवनबाट विदा भएपछि भलिबलको विकास र विस्तार सक्रिय रहेका थिए ।

पूर्व राष्ट्रिय खेलाडी तथा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका खड्का उपाध्यक्षमा मनोनित हुादा सदस्यहरुमा पूर्व राष्ट्रिय खेलाडी भरतबहादुर शाह मनोनित भएका छन् । त्यसैगरी संघको सदस्यमा नै टेककुमार राजभण्डारी, रोशन श्रेष्ठ, विक्रम बोगटी, झकबहादुर मिश्र र जितेन्द्र श्रेष्ठ मनोनित भएका छन् । त्यसैगरी संघको सल्लाहकारमा पूर्व अध्यक्ष गंगाबहादुर थापा, रमेशमान मल्ल र रामचन्द्र भण्डारी मनोनित भए । मनोनित सल्लाहकार तथा पदाधिकारीलाई भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले शपथग्रहण गराएका थिए ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.