5 years ago
February 27, 2021
पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप पोखराको आयोजनामा भएको प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ ।

पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गते सम्म भएको प्रतियोगिताबाट ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगितामा ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको छ । प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको शनिवार आयव्यय सार्वजानिक गर्दै आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।
प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्ले १ लाख, पोखरा महानगरपालिकाले १ लाख, अन्नपुर्ण गाउँपालिकाले १ लाख सहयोग गरेको थियो । हाम्रो खेलकुद डट कमले पनि प्रतियोगिताको प्रसारण अधिकार खरिद गर्ने क्रममा १ लाख रुपैयाँ प्रदान गरेको थियो । यस्तै प्रतियोगिताको टिकटबाट १० लाख ५५ हजार आम्दानी भएको अध्यक्ष शर्माले जानकारी दिए ।
ग्रुपले बचत भएको रकमबाट गण्डकी प्रदेशमा भलिबल खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने भएको छ । ‘हामीले भलिबल खेल र खेलाडीको विकासका लागि आवश्यक सहयोग गर्नेर्छौ । ग्रुपले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको थियो । खेलकुदका व्यक्तिहरुको समुह रहेकाले पनि खेलकुदलाई प्राथमिकतामा राख्दै आगामी वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिनेछौं,’उनले बताए । ग्रुपमा खेलकुदकर्मी, संचारकर्मी, सरकारी कर्मचारी देखि व्यवसायी सम्म रहेका छन् ।

पहिलो प्रतियोगितालाई नै दर्शकले सोच भन्दा बढि सहयोग गरेको शर्माको भनाइ छ । दर्शकको साथकै कारण प्रतियोगिता सफल भएकाले आगामी दिनमा थप व्यवस्थित गरि लैजाने उनको भनाइ रहेको छ । दर्शकको उपस्थितिले भलिबल प्यारापिट साघुरोँ भएको महसुस आयोजकलाई गराएको छ । पहिलो प्रतियोगितामै दर्शक र घरेलु टोलीको ऐतिहासिक जितले भलिबल खेल प्रति गण्डकी प्रदेश सरकारले समेत चासो दिन आवश्यक रहेको अध्यक्ष शर्माले भने ।
फागुन १ गते सम्पन्न फाइनल खेलको पुरुष तर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिसले उपाधी जितेको थियो । विजेता महिला तथा पुरुष टोलीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । यस्तै उपविजेता पुरुष तर्फ त्रिभुवन आर्मी र महिला तर्फ एपिएफले समान ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]