default_image

3 years ago

March 5, 2021

अबको आवश्यकता,भलिबलमा व्यवसायिकता

प्रकाश तिमल्सिना, नेपालगन्ज सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको ३ वर्ष नाघिसकेको छ । राष्ट्रिय खेल भएका कारण होइन भलिबल नेपालमा पहिला देखि नै लोकप्रिय थियो । लोकप्रिय हुनाका वावजुद भलिबल कुनै बेला निष्क्रिय थियो । पछिल्लो ८ वर्ष देखि भने भलिबल सक्रिय छ । नेपाल भलिबल संघको सक्रियतासँगै देशभर भलिबल आयोजनाको लहर नै चलेको […]

67 views

0 Bookmark

प्रकाश तिमल्सिना, नेपालगन्ज

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको ३ वर्ष नाघिसकेको छ । राष्ट्रिय खेल भएका कारण होइन भलिबल नेपालमा पहिला देखि नै लोकप्रिय थियो । लोकप्रिय हुनाका वावजुद भलिबल कुनै बेला निष्क्रिय थियो ।

पछिल्लो ८ वर्ष देखि भने भलिबल सक्रिय छ । नेपाल भलिबल संघको सक्रियतासँगै देशभर भलिबल आयोजनाको लहर नै चलेको छ । भलिबल खेल मात्र होइन एउटा महोत्सवका रुपमा स्थापित हुँदै आएको छ ।

सक्रियताका बीच नेपाली भलिबल टोलीले सफलता पनि दिन सुरु गरेको छ । पुरुष टोलीले ४ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा एभिसी सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो ।
महिला भलिबलले भने त्यो भन्दा ठूलो सफलता हासिल गरेको छ । महिला टोलीले गत वर्ष अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्दै भलिबलमा तरंग नै पैदा गरेको थियो ।

कार्तिकमा बंगलादेशमा एभिसी सेन्टर जोनमा स्वर्ण पदक र मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक जितेको थियो । सागमा पहिलो पटक रजत जितेपछि भलिबलको चर्चा चुलिदै गयो । यसै पनि लोकप्रिय खेल भलिबलमा सफलताले त्यसको रौनकतालाई झनै बढाएको छ ।

तर नेपालले साग आयोजना गरेको केहि महिनामा नै कोरोना महामारीका कारण सबै क्षेत्र ठप्प भयो । खेल क्षेत्रमा पनि त्यसको असर पर्यो । झन्डै एक वर्ष सबैका लागि निराशाजनक रह्यो ।

कोरोना पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । तर, खेलकुदका गतिविधि भने सुरु हुन थालेका छन् । भलिबल पनि सक्रिय हुन थालेको केहि समय बितिसकेको छ । भलिबल खेलाडी उत्साहित भएका छन् भने भलिबल खेल मनपराउने पनि खुसी भएको पाएन्छ । सामाजिक सञ्जालमा देखिने प्रतिक्रियालाई आधार मान्ने हो भने नेपालमा फुटबल, क्रिकेट जत्तिकै लोकप्रिय भलिबल भइसकेको छ ।

विदेशमा रहने नेपालीका बीचमा भलिबल निकै लोकप्रिय रहेको छ । सामाजिक सञ्जालको व्यापकताले अहिले रोजगारीका सिलसिलामा रहेका नेपालीले पनि आफ्नो गाँउ ठाँउमा हुने खेललाई प्रत्यक्ष रुपमा हेर्न मिल्ने अवस्था मिलेको छ । इन्टरनेटका कारण भलिबल खेलको लोकप्रियतामा पनि ठूलो भूमिका खेलेको अनुभव गर्न सकिन्छ ।

देशको भौगोलिक अवस्था, कम लगानी, सानो ठाँउमा खेल्न सकिने र देशका सबै जिल्लामा खेलिने भएका कारण पनि भलिबल राष्ट्रिय खेल घोषणा हुनको मुख्य कारण रहेको थियो । भलिबल जत्तिको व्यापकता देश भित्र सायद अर्को खेलको छैन ।

भलिबल जति लोकप्रिय छ त्यो अनुसारको व्यवसायिक भने हुन अझै बाँकी छ । राष्ट्रिय टोली पुरुषमा तीन विभाग सेना, प्रहरी,एपिएफका खेलाडी मात्र छन् । महिलामा पनि न्यू डायमन्ड क्लबका ३ बाहेक सबै खेलाडी विभागकै छन् । यसरी अर्थ घरेलु भलिबलमा विभागकै दबदबा छ । नियमित अभ्यास र भलिबलबाहेक अन्यमा सक्रिय हुनु नपर्ने भएका कारण विभागका खेलाडीले राष्ट्रिय टोलीमा बढी मौका पाउनु स्वभाविक छ ।

विभागका खेलाडीले कम्तीमा नियमित पारिश्रमिकका लागि भौतारिनु पर्ने अवस्था छैन । विभाग बाहेकका खेलाडीले भने भलिबलबाट नियमित पारिश्रमिक पाउँदैनन् । जसले गर्दा विभाग बाहेकका खेलाडीका लागि भलिबलले दिने आम्दानी नियमित छैन ।

नियमित आम्दानीको श्रोत खेल नबन्दा सम्म त्यो खेलले सोचे जस्तो विकास गर्न सक्दैन । नेपालमा फुटबल र अहिले पछिल्लो समयमा क्रिकेट केहि व्यवसायिक बनेको छ । फुटबल र क्रिकेटको राष्ट्रिय टोलीमा रहेका खेलाडीले मासिक पारिश्रमिक पाउँछन् । त्यसबाहेकका खेलाडीले पनि फ्रेन्चाइज लिग वा अन्य प्रतियोगिता खेल्दा पैसा कमाउने अवस्था बनिसकेको छ । तर, भलिबलमा अझै त्यो अवस्था आइसकेको छैन । जब सम्म विभाग बाहेकका खेलाडीले पनि खेलेरै बाच्ने अवस्था बन्दैन भलिबलले यो भन्दा बढी प्रगति गर्न कठीन छ ।

नेपालमा कुनै समय खेललाई मनोरञ्जन र सामाजिक सेवाका भावबाट हेरिन्थ्यो । अब समय बदलिएको छ यसलाई पनि आम्दानीको माध्यम बनाउन आवश्यक भइसकेको छ । भलिबलमा आबद्ध हुने खेलाडी, अफिसियल, प्रशिक्षक, रेफ्री वा व्यवस्थापनमा रहने जो कोहिले पनि खेलकै माध्यमबाट जीवनयापन गर्न अवस्थाको सृजना गर्न सके मात्र यो खेलमा नयाँ पुस्ताको पनि आकर्षण बढ्न सक्छ ।

भलिबलमा विगतमा भन्दा प्रतियोगिता देशभर बढेका छन् । तर, ती प्रतियोगिता आयोजना भएअनुसार व्यवस्थापनमा भने अझै ध्यान पुग्न सकेको छैन । भलिबल संघ आफैले पनि वर्षमा केहि प्रतियोगिता आयोजना गर्छ । तर, संघले अब आफूलाई प्रतियोगिता आयोजनामा मात्र सिमित गर्ने होइन, भलिबललाई नै आफ्नो सबै मानेर लाग्ने सबैको आर्थिक अवस्था सुधारका लागि केहि पहल कदमी लिनुपर्ने समय आइसकेको छ ।

प्रधानमन्त्री कप सातौं सस्करण

बाँके जिल्ला भलिबल संघले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आयोजनाको लामो यात्रा तय गरिसकेको छ । कुनै बेला भारोत्तोलन र शुटिङ खेलले चर्चामा रहने गरेको नेपालगन्ज पछि महिला क्रिकेटका कारण लोकप्रिय रह्यो । देशभित्र महिला क्रिकेटको सुरुवातको जस बाँकेलाई नै जान्छ । तर, समय क्रमसँगै त्यसले निरन्तरता पाउन सकेन ।

अहिले पछिल्ला केहि वर्षमा नेपालगन्जमा महिला भलिबल, नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकप फुटबल नियमित रुपमा आयोजना हुन थालेका छन् । भलिबल र म्याराथन भने स्थापित भइसकेको देखिन्छ । यद्दपी ती दुवै प्रतियोगिता आयोजनाका लागि आर्थिक चुनौती भने छन् । पछिल्ला दुई वर्षयता भने नेपालगन्जलाई लक्षित गर्दै व्यापारमा सक्रिय व्यवासयिक घरानाले यी दुई प्रतियोगितालाई सघाउन सुखद पक्ष मान्न सकिन्छ । स्थानिय व्यापारिक घरानाहरुको साथ विना प्रतियोगिता आयोजना गर्न सहज पक्कै हुनेछैन ।

भारतीय सिमा जोडिएको जिल्ला बाँकेमा हुने भलिबलमा भारतीय क्लबको सहभागिता प्रधानमन्त्री कपको अर्को आकर्षण हो । अधिकांश प्रतियोगितामा देश भित्रकै क्लबहरुसँग प्रतिस्पर्धा गर्ने ३ विभाग र न्यु डायमण्डलाई भारतीय क्लबहरुले चुनौती दिने प्रधानमन्त्री कप अलग खाले प्रतियोगिताको रुपमा स्थापित भएको छ । तर कोरोनाका कारण पछिल्ला २ संस्करण भने भारतीय क्लबहरुको सहभागिता हुन सकेको छैन ।

बाँके जिल्ला भलिबल संघले महिला सशक्तिकरणलाई उद्देश्य राखेर प्रधानमन्त्री कप आयोजना गर्दै आएको बताएको छ । लुम्बिनी प्रदेश सांसद नमुना केसी संयोजक, नेपालगन्ज उप महानगरपालिका उप मेयर उमा थापा मगर उप संयोजक रहेको आयोजक समितिमा बाँकेका स्थानिय निकायका सबै उप प्रमुखहरुको संलग्नता रहनु प्रधानमन्त्री कपको अर्को विशेषता हो । मिस नेपाल प्रधानमन्त्री कपको सद्भावना दुत हुनु यो प्रतियोगिताको अर्को आकर्षक पक्ष हो । खेलकुदका कारण नेपालगन्ज चर्चामा रहनु पक्कै सुखद पक्ष हो ।

भलिबल र म्याराथन हरेक वर्ष आयोजनाले बाँके अझ त्यसमा नेपालगन्ज चर्चा पाइरहेको छ । तर, यी दुई प्रतियोगिता आयोजनाले भलिबल र म्याराथनमा नयाँ खेलाडीको आकर्षण बढ्न सक्छ । भविष्यमा यी भलिबल र म्याराथनमा स्थानिय खेलाडीको पनि सहभागिता रहन सक्यो आयोजनाको पनि सार्थकता हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

Success

Thank you for your time.