5 years ago
March 4, 2021
बाँके (हाम्रो खेलकुद) – बाँके जिल्ला भलिबल संघको आयोजनामा सगरमाथा सिमेन्ट सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ ।

फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँके भलिबल संघले जनाएको छ । प्रतियोगितामा
विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानिय टोली लुम्बिनी युनाइटेडबीच प्रतिस्पर्धा हुने छ ।
दक्षिण एसियामा नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ व्यवस्थापनलाई विशेष ध्यान दिने तयारी गरेको संघका अध्यक्ष टीएस ठकुरीले बताए ।
यसपटक पुरस्कार राशीमा बृद्धि भएको छ । विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । गत वर्ष विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
यसपटक प्रधानमन्त्री कपलाई सगरमाथा सिम्नेट तथा राष्ट्रिय बाणिज्य बैंकले सहयोग गरेको छ । २०७० सालमा सुरु गरेको प्रधानमन्त्री कपको पहिलो संस्करण नेपाल पुलिस क्लब, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैटौंमा पुलिसले जितेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]