5 years ago
March 6, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता दोस्रो दिन पहिलो खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गदै विजयी सुरुवात गरेको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा एपिएफले आर्मीलाई २४-२६, २५–२३, २५–१६, २५-२३ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । शनिबार नेपालगन्जस्थित रंगशालाको कर्भहलमा भएको खेलमा एपिएफले पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै खेलमा विजयी सुरुवात गरेको हो ।
प्रतिस्पर्धात्मक पहिलो सेटमा आर्मी २६–२४ ले विजयी भएको थियो । दोस्रो सेट सुरुवात देखिनै उच्च प्रतिस्पर्धा भएको थियो । एक समय तीन अंकले पछि परेको एपिएफले २५–२३ ले जित निकाल्दै खेललाई रोमान्चक बनायो ।
तेस्रो सेट पनि सुरुवात प्रतिस्पर्धात्मक बनेपनि त्यसपछि एपिएफले लगातार अंक जोड्दै सहज जित निकालेको थियो । एपिएफले लगातार ९ अंक जोडेपछि तेस्रो सेट २५–१६ ले सहजै जितेको थियो ।
चौथो सेटमा आर्मीले सुरुवाती पाँच अग्रता लिदै राम्रो सुरुवात गरेपनि अन्तिम समयमा चुक्न पुगेको थियो । एपिएफले राम्रो पूनरागमनका साथ सेट १५–१५ को अवस्थामा पुर्याएको थियो । त्यसपछि भने खेलमा पुनः प्रतिस्पर्धा भएको थियो । तर एपिएफले अन्तिम समयमा उत्कृष्ट प्रर्दशनका साथ २५-२३ ले जित्दै विजयी सुरुवात गरेको हो । टोली पराजित भएपनि आर्मीकी शान्ति थारुको प्रर्दशन भने उत्कृष्ट थियो । खेलमा एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ द म्याच चुनिइन् ।
आर्मीले पहिलो खेलमा स्थानिय टोली लुम्विनी युनाइटेड टिमलाई ३–० को सेटले हराएको थियो । लिगमा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ ।
लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगमा शनिबार दुई खेल हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]