5 years ago
March 7, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनमा नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा आइतबार भएको खेलमा डायमन्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । सुरुवाती दुई सेटमा सहज जित निकालेको डायमन्डले तेस्रो सेटमा गुमाएको थियो । सुरुवातदेखि नै अग्रता बनाउँदै डायमन्डले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।
प्रतिस्पर्धात्मक दोस्रो सेट डायमन्डले २५–२१ ले आफ्नो पक्षमा पार्दै जिततर्फ अघि बढेको थियो । तर तेस्रो सेट डायमन्डले २३–२५ ले गुमाएको खेल चौथो सेटमा लम्बिएको थियो ।
चौथो सेटमा सुरुवातमा पछि परेपनि डायमन्डले उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले जित्न सफल भयो । एक समय ९–१४ र ११–१६ ले पछि परेको डायमन्डले ७ अंक जोड्दै खेललाई १८–१६ को स्थितिमा ल्याउदै जितको बाटो देखाएका थिए । त्यसपछि डायमन्डले ९ अंक जोड्दा आर्मीले ८ अंक मात्रै जोड्न सफल भयो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी डायमन्डकी झरना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । जितसँगै डायमन्डले उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । डायमन्डको दुई खेलबाट ४ अंक छ । पराजित आर्मीको तीन खेलबाट ३ अंक छ । शीर्षस्थानमा रहेको एपिएफको ६ तथा दोस्रो स्थानमा रहेको पुलिसको ५ अंक छ ।
प्रतियोगिताकै अर्काे खेलमा विभागीय नेपाल एपिएफ क्लबले तुलनात्मक रुपमा कमजोर टोली लुम्बिनी युनाइटेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ ले पराजित गरेको हो । एपिएफकी जितपछि एपिएफको दुई खेलबाट ६ अंक पुगेको छ ।

लगातार तेस्रो हार बेहोरेको लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन । लुम्बिनी आर्मी र पुलिससँग समान ३–० को सोझो सेटले पराजित भएको थियो ।
लिगमा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ । लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल एपिएफ क्लब तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]