5 years ago
March 8, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै उपाधि सम्भावना बलियो बनाएको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले लगातार तेस्रो जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि त्यसपछि पुलिसले लगातार तीन सेट जित्दै खेल जितेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले आर्मीलाई १५-२५, २५-१८, २७-२५ र २५-२३ ले पराजित गरेको हो ।
पहिलो सेट आर्मीले १० अंकको अग्रताका साथ २५-१५ ले सहजै जितेको थियो । दोस्रो सेटमा पनि आर्मीले राम्रो सुरुवात गर्दै उच्च प्रतिस्पर्धा दिएको थिए । ७-७ बराबरको अवस्थाबाट पुलिसले लगातार ६ अंक जोडेपपछि आर्मी खेलमा फर्किन सकेन । आर्मी खेलमा फर्किन नसकेपछि पुलिस २५-१८ ले विजयी भएको थियो ।
तेस्रो सेट एक समय १५-१५ को कडा प्रतिस्पर्धामा थियो । उक्त बराबरीको समयपछि आर्मीले पाँच अंकको अग्रता लिँदै सेट जितको सम्भावना देखाएको थियो । तर पुलिसले उत्कृष्ट पूनरागमनका साथ सेट २७-२५ ले जितेको थियो । पुलिसले १९-२४ ले पछि परेको अवस्थाबाट उत्कृष्ट पूनरागमनका साथ २५-२५ को बराबरीको कडा र रोमान्चक प्रतिस्पर्धा हुँदै २७-२५ ले जितेको थियो ।
उक्त सेट आर्मीले जितेको भए आर्मीको उपाधि सम्भावना कमजोर हुने थियो । चौथो सेट पुलिसले सेट २५-२३ ले जितेको थियो । पुलिसको जितमा मनिषा चौधरीको प्रर्दशन उच्च रह्यो । उनी खेलको प्लेयर अफ द म्याच समेत चुनिइन् ।
पुलिसले उद्घाटन खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटले पराजित गरेको थियो । दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड टिमलाई ३-० ले हराएको थियो । पुलिसको ३ खेलमा ८ अंक छ भने शीर्षस्थानमा रहेको एपिएफले ९ अंक जोडेको छ । तेस्रो स्थानको न्यु डायमन्डको ४ तथा आर्मीको ३ अंक छ । अब पुलिस र एपिएफबीच अन्तिम दिनको खेल फाइनलसरह भएको छ ।
आर्मीको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा लुम्बिनी युनाइटेड टिममाथि आर्मीले ३–० को सहज जित निकालेको थियो । दोस्रो खेलमा आर्मी एपिएफसँग ३–१ ले पराजित भएको थियो । तेस्रो खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब ३-१ ले हार्न पुगेको थियो ।
प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेडको सहभागिता छ । विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]