5 years ago
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होंगान्जी न्यु डायमण्डले पाँचौ आरबीबी-एनभिए क्लब लिग महिला तथा पुरुष भलिबल च्याम्पियन्सिप २०७७ मा सानदार सुरुवात गरेको छ ।

डायमण्डले प्रतियोगिताको पहिलो खेलमा बिहीबार ढोरपाटन स्पोर्टस क्लबमाथि ३-० को सोझो सेटमा जित हासिल गर्यो । दशरथ रंगशालाको कभर्ड हलमा डायमण्डले पहिलो सेट २५-६ ले जितेको थियो ।
दोस्रो सेटमा केहि खेलाडी परिवर्तन गरेपनि एकपक्षीय प्रदर्शन गर्दै २५-२ को जित दर्ता गर्यो । तेस्रो सेटमा एक समय २१-० ले अघि रहेको डायमण्ड २५-५ ले विजयी रह्यो । पनामिका राईको सर्भिसमा लगातार २० अंक जोडेको डायमण्ड तेस्रो सेटमा पनि आफ्नो लय कायम नै राख्यो ।
यस जितसँगै डायमण्डले ३ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन महिलातर्फ एक खेल मात्र भयो । पुरुषतर्फ मध्यान्ह १२ बजे नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

पुलिससँग राष्ट्रिय टोलीका कप्तान इम बहादुर रानामगर, दीपकराज जोशी, हरि थापा, रोविन चन्द, विशाल बिके, भीम गाहा लगायतको खेलाडी हुनेछ । चोटका कारण मिडल ब्लकर द्धारिका थापा टोली बाहिर रहेका छन् । यता, नयाँ बजारले पनि गण्डकी प्रदेशका खेलाडीलाई समेटेर टोली तयार पारेको छ ।
दिउँसो ३ बजे एपीएफ र बुलबुले रारा क्लब तथा साँझ ६ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुदैछ । बुलबुले र मणिमुकुन्दले विदेशी खेलाडीलाई टोलीमा उतार्ने सम्भावना छ ।२६ चैतसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ ८ टोली भनिएपनि अन्तिम समयमा बुद्ध टोल भलिबल क्लबले सहभागिता जनाएको छैन ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लबको सहभागिता छ ।महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद गरी ६ टोलीको सहभागिता रहेको छ ।

लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ ।प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।प्रतियोगिताबाट कुनै प्रतिभावान् वा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई संघको खेलाडी छनोट समितिले राष्ट्रिय टिमको प्रशिक्षणको लागि समेत छनोट गर्न सक्ने संघले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]