default_image

3 years ago

April 2, 2021

हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार हेल्प नेपालले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-१ ले पराजित गरेको हो । तीन भारतीय खेलाडीसहित उत्रिएको हेल्प नेपालले पहिलो सेट २५-१४ ले आफ्नो […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार हेल्प नेपालले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-१ ले पराजित गरेको हो । तीन भारतीय खेलाडीसहित उत्रिएको हेल्प नेपालले पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा नयाँ बजारले २५-२३ को जित हासिल गर्दै खेल बराबरीमा ल्यायो । तर त्यसपछि लगातार दुई सेट जित्दै हेल्प नेपालले पूरा ३ अंक हासिल गर्यो । हेल्प नेपालले तेस्रो सेट २५-२२ र चौथो सेट २५-१६ ले पराजित गर्यो ।

त्यसअघि महिलातर्फ भएको प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबले होंगान्जी न्यु डायमन्डमाथि ३-२ को रोमान्चक जित हासिल गर्यो । आर्मीले पहिलो, तेस्रो र पाँचौ सेटमा जितका साथ विजयी सुरुवात गरेको हो । आर्मीले न्यु डायमण्डलाई २५-१७, २०-२५, २५-२३, १५-२५ र १५-१२ ले हराउँदै पहिलो जित निकालेको हो ।

पहिलो खेलमा न्यु डायमण्डले ढोरपाटन स्पोर्टस क्लबमाथि ३-० को सोझो सेटमा जित निकालेको थियो । आर्मीले आफ्नो दोस्रो खेल शनिवार ढोरपाटनसँग खेल्ने छ । न्यू डायमण्डले आफ्नो तेस्रो खेल शनिवार भरतपुर महानगरपालिका क्लबसँग खेल्ने छ ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

Success

Thank you for your time.