5 years ago
April 21, 2021
तातोपानी (हाम्रो खेलकुद) – भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एनभिए लिग च्याम्पियन होंगान्जी न्यु डायमन्ड खेल्ने भएका छन् ।

बुधबारदेखि तातोपानीस्थित आधारभूत विद्यालयको मैदानमा हुने प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होंगान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो दिन एकमात्र खेल हुनेछ । बुधबार दिउँसो २ बजे होंगान्जी न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । दोस्रो दिन तीन लिग खेल हुनेछन् । शुक्रबार दुई सेमिफाइनल तथा शनिबार तेस्रो स्थान र फाइनल खेल हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन सबै टोली मंगलबार नै तातोपानी आइपुगिसकेका छन् ।
प्रतियोगिता विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधि सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७-७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजनाको लागि कुल २८ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाका लागि भोटेकोशी गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको छ । प्रतियोगिताको हरेक खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमले गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]