5 years ago
April 24, 2021
फेयर प्ले
प्रकाश तिमल्सिना, काठमाडौं
घरेलु फुटबलका लागि शनिबार एउटा परिक्षणको सुरुवात हुँदैछ । क्रिकेटमा फ्रेन्चाईजको केहि वर्षको अनुभव बटुलेको नेपालले पहिलो पटक फुटबलमा पनि फ्रेन्चाईज लिगको अभ्यास सुरु गर्दैछ । पछिल्लो केहि सातालाई हेर्ने हो भने पहिलो पटक सुरु हुन लागेको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को आयोजक र सहभागी ७ टोलीसँग आबद्द १ सय ५० को हाराहारी खेलाडीलगायतको सक्रियता निकै बढेको छ ।

फ्रेन्चाईज लिगको पहिलो अनुभव भएकाले यसले घरेलु फुटबलमा कस्तो प्रभाव जमाउँछ, यसको भविष्य के हुन्छ, समग्र देशको फुटबल विकासमा कस्तो अर्थ रहन्छ अहिले अनुमान गर्न सकिने अवस्था छैन । त्यसका लागि कम्तीमा वैशाखको महिना पूरा कुर्नुपर्नेछ । महिनाको अन्त्यसम्म पुग्दा यसले केहि सन्देश पक्कै दिनेछ । व्यवासयिक फुटबलमा अर्को एउटा प्रयोग कतिको सफल रह्यो वा अहिले हतार भयो एउटा मानसिकता तयार पार्ने नै छ ।
तर जेहोस् घरेलु फुटबलमा एउटा राम्रो प्रयोग सुरुवात भएको छ । नेपाल स्पोर्टस एन्ड इभेन्ट् म्यानेजमेन्ट (एनएसइएम) ले फुटबलमा फ्रेन्चाईज लिगको अभ्यासको सुरुवात गराएको छ । एनएसएल सुरु नहुँदै अन्य खेलमा पनि यस्तो सम्भावनाको ढोका पनि खोलेको छ । आउने दिनमा भलिबल, ब्याडमिन्टन, बास्केटबल, टेबल टेनिसमा पनि फ्रेन्चाई लिग सुरु हुने सम्भावना बढेको छ । एनएसइएम आफैले पनि भविष्यमा अन्य खेलमा पनि जाने संकेत गरिसकेको छ । सायद यो कदम नेपाली खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउन एउटा महत्वपूर्ण कदम बन्न सक्छ ।
समूहगत खेलमा फुटबल, क्रिकेट, भलिबल सर्वाधिक रुचाईएका खेल हुन् । दर्शकले पैसा तिर्ने खेल पनि अहिलेलाई मुख्यत यीनै ३ खेल हुन् । तर, यसपटक कोरोनाको दोस्रो लहरका कारण एनएसएल विना दर्शक आयोजना गर्नेपर्ने भएको छ । दर्शकको उपस्थिति विनाको फुटबल पक्कै खल्लो हुनेछ । त्यसमा पनि पहिलो फ्रेन्चाईज लिगमा दशरथ रंगशालमा दर्शकको कस्तो उपस्थिति हुन्थ्यो भन्ने यो वर्षलाई अनुमानमा मात्र सिमित भएको छ ।

एनएसएलमा सबैभन्दा खड्किने विषय पक्कै यहि हुनेछ । टेलिभिजन हुने प्रत्यक्ष प्रसारणले दर्शकहरुको रुचीलाई तत्काल आकंलन गर्न कठीन हुन्छ । एनएसएलको अर्को सकारात्मक पक्ष भनेको कर्पोरेट हाउसहरुको फुटबल प्रतिको मोहलाई भने बढाएको छ । स्थापित कर्पोरेट हाउसको फुटबलमा प्रवेश भएको छ । उनीहरुसँग प्रायोजकका रुपमा थुप्रै जोडिएका छन्, अन्ततः त्यसले घरेलु फुटबललाई अघि बढाउन मद्दत पुग्न सक्छ ।
विविध कारणले अहिले राजधानीमा सिमित एनएसएलले भविष्यमा मोफसलमा नजाने हो भने अहिले ए डिभिजिन लिग जस्तै काठमाडौं लिगका रुपमा सिमित छ भन्ने आरोप खेप्नु पर्ने निश्चित छ । एनएसएलले भविष्यमा मोसफलमा जानै पर्छ । होम एण्ड अवेको सुरुवात हुनै पर्छ अनि मात्र यसको दायरा फराकिलो बन्न सक्छ र व्यवासायिक फुटबलको सन्देश कम्तीमा सहरी क्षेत्रमा पुग्ने आशा गर्न सकिन्छ ।
ए डिभिजन लिगको इतिहास ६ दशक भन्दा लामो भइसकेको छ । तर, सोचे जस्तो प्रगती हामीले गर्न सकेका छैनौं । त्रिभुवन आर्मी क्लब बाहेकका टोलीले आफूलाई एएफसी क्लब लाइसन्स लिने क्लबका रुपमा पनि विकसित गर्न सकेका छैनौं । भन्ने हो भने एसियाली फुटबल महासंघ (एएफसी) ले तोकेको मापदण्ड हाम्रा अधिकांश क्लबले कहिले सम्म पूरा गर्छ भन्न सकिन्न । त्यो लिगको इतिहासलाई अहिलेको एनएसएलसँग तुलना गर्न मिल्दैन हुँदैन । त्यसको आफ्नै विकास क्रम छ र अनुभव छ। लिगको फुटबल विकासमा योगदान पनि त्यत्तिनै छ ।

एनएसएलले एउटा तरंग पक्कै पैदा भएको छ । तर यसको यात्रा र प्रभाव यस्तै हुन्छ भन्ने अनुमान गर्न भने कठीन छ । फुटबलमा यसले दोहोरो संरचनाको अभ्यास मात्र गर्छ की साचो अर्थमा ए डिभिजनलाई थप व्यवसायिक करण गर्न मद्दत गर्न त्यसका लागि केहि समय पर्खनुपर्ने हुन्छ ।
अन्ततः अनेक अड्कल र उत्सुकताका बीच एनएनएसले शनिबार दशरथ रंगशालमा सुरु हुँदैछ ।
एनएसएलका लागि अहिले सम्म भएका तमाम प्रयासको पहिलो संकेत आज हुने खेलले दिनेछ । एनएसएल घरेलु फुटबलमा सकारात्मक संदेश प्रभाव गर्न र व्यवसायिक फुटबलमा एउटा कडी बन्न सकोस् । शुभकामना ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]