default_image

5 years ago

April 24, 2021

पुलिसलाई हराउँदै आर्मी तेस्रो

321 views

0 Bookmark

तातोपानी (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।

भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार तेस्रो स्थानमा लागि भएको खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट आर्मीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–२१ को सहज जित निकालेको थियो । दोस्रो सेटमा बल लिने क्रममा ल्यान्डिङ नमिल्दा आर्मीका मिडल ब्लकर सुनिता खड्का घाइते भएपछि आर्मी दवावमा आएपनि उक्त दवावलाई झेल्दै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

सुनिता घाइते भएर मैदानबाट बाहिरिदा आर्मीले १६–१२ को अग्रतामा खेलिरहेको थियो । आर्मीले तेस्रो सेटमा पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै २५–२३ को सेटमा जित निकाल्न सफल भएको थियो । ९–१३ ले पछि रहेको अवस्थामा आर्मीले १९–१९ को बराबरीबाट अग्रता लिदै जित हात पार्न सफल भएको थियो । पुलिसविरुद्ध उच्च प्रदर्शन गरेकी आर्मीकी शान्ति थारु प्लेयर अफ दि म्याच घोषित भइन् । उनले २ हजार रुपैयाँ हात पारिन् ।

तेस्रो स्थान हासिल गरेसँगै आर्मीले १ लाख रुपैयाँ हात पारेको छ । चौथो भएको पुलिसले ५० हजार रुपैया पायो । प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।

उपाधिका लागि होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच दिउँसोको २:३० बजे पछि प्रतिस्पर्धा हुदैछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.