default_image

3 years ago

April 24, 2021

न्यु डायमन्डलाई हराउँदै एपिएफ च्याम्पियन

तातोपानी (हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार भएको फाइनलमा एपिएफले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो […]

119 views

0 Bookmark

तातोपानी (हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार भएको फाइनलमा एपिएफले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । एपिएफको वर्षको यो पहिलो उपाधि हो ।

एकपक्षीय खेलमा एपिएफले डायमन्डलाई कुनैपनि समय खुलेर खेल्न दिएनन् । एपिएफले पहिलो सेटमा २५–१६ को सहज जित निकालेको थियो । १६–१६ को बराबरीको अवस्थाबाट एपिएफले लगातार ९ अंक जोड्दै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एपिएफ सुरुवातमा पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै २५–२२ ले जित्न सफल भएको थियो ।

एक समय १०–१४ ले पछि रहेको एपिएफले १७–१७ को बराबरी गर्दै २२–१८ ले अग्रता लिएको थियो । डायमन्डले २२–२२ को बराबरी गरेपनि त्यसपछि एपिएफले लगातार ३ अंक जोडेको थियो । तेस्रो सेटमा सुरुवात देखि नै पकड जमाएको एपिएफले २५–१४ ले जित्दै च्याम्पियन बन्न सफल भयो ।

त्यसअघि तेस्रो स्थानमा लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट आर्मीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–२१ को सहज जित निकालेको थियो । दोस्रो सेटमा बल लिने क्रममा ल्यान्डिङ नमिल्दा आर्मीका मिडल ब्लकर सुनिता खड्का घाइते भएपछि आर्मी दवावमा आएपनि उक्त दवावलाई झेल्दै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

सुनिता घाइते भएर मैदानबाट बाहिरिदा आर्मीले १६–१२ को अग्रतामा खेलिरहेको थियो । आर्मीले तेस्रो सेटमा पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै २५–२३ को सेटमा जित निकाल्न सफल भएको थियो । ९–१३ ले पछि रहेको अवस्थामा आर्मीले १९–१९ को बराबरीबाट अग्रता लिदै जित हात पार्न सफल भएको थियो । पुलिसविरुद्ध उच्च प्रदर्शन गरेकी आर्मीकी शान्ति थारु प्लेयर अफ दि म्याच घोषित भइन् । उनले २ हजार रुपैयाँ हात पारिन् ।

तेस्रो स्थान हासिल गरेसँगै आर्मीले १ लाख रुपैयाँ हात पारेको छ । चौथो भएको पुलिसले ५० हजार रुपैया पायो ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.