default_image

5 years ago

May 28, 2021

राष्ट्रिय महिला भलिबल टोलीमा ३० खेलाडी छनोट

479 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि लक्षित गर्दै राष्ट्रिय नेपाली महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

चैत्र तेस्रो अट आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै तीन सदस्यीय समितिले टोली छनोट गरेको हो । छनोट समितिमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेका थिए ।

समितिले उक्त प्रतियोगिता दौरान गरेको प्रदर्शन र प्रतिभावान खेलाडीको उचाई र उमेरलाई मध्यनजर गर्दै छनोट गरेको बताएको छ । भविष्यमा राम्रो प्रदर्शन गर्न सक्ने खेलाडीलाई समेत आधार मानिएको समितिले जनाएको छ । टोलीमा उक्त प्रतियोगितामा च्याम्पियन बन्न सफल होंगान्जी न्यू डायमन्डबाट ७ खेलाडी टोलीमा परेका छन् ।

यस्तै विभागीय टोलीको वर्चस्व विगतमा झै कायम नै छ । एपिएफ र पुलिसबाट ७-७ तथा आर्मीबाट ८ खेलाडी टोलीमा परेका छन् । भरतपुर मेट्रोबाट सरस्वती कट्टेल पुन: बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् ।

यसपटक घोषणा गरिएको टोलीमा ९ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् । सरस्वती जैसी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पुजा चौधरी, झरना श्रेष्ठ र वाल्मिका आचार्य पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।

शुक्रबार कार्यवाहक यामबहादुर गुरुङको अध्यक्षतामा बसेको संघको भर्चुअल बैठकले २१ गतेबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ । संघले राखेपबाट प्रशिक्षण संचालन तथा कभर्ड हल प्रयोगका लागि आवश्यक स्वीकृति लिइसकेको कार्यवाहक अध्यक्ष गुरुङले जानकरी दिए ।

यस्तै बैठकले जगदीश भट्टलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने निर्णय गरेको छ । उनकै नेतृत्वमा नेपालले एभिसी सेन्ट्रल जोनमा स्वर्ण तथा १३ औं सागमा रजत पदक जितेपछि बैठकले भट्टलाई नै जिम्मेवारी सुम्पने निर्णय गरेको गुरुङले बताए ।

टोली व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्के तथा ट्रेनरमा पूर्व खेलाडी अन्जु श्रेष्ठ रहनेछिन् । सहायक प्रशिक्षकको निर्णय पछि लिइनेछ । खेलाडीहरुको पिसिआर परिक्षण र विमाको जिम्मेवारी इन्दिरा निरौलालाई दिइएको छ । त्यस्तै तयारी र सहभागिताको आर्थिक पक्ष बारे तयारी गर्न कोषाध्यक्ष सुनकेशरी मालीलाई जिम्मेवारी दिइएको छ ।

बन्द प्रशिक्षणमा पर्न सफल ३० खेलाडीको नामावली :

प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, उषा विष्ट, हिरा केसी, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, पुनम चन्द, रेश्मा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वति जैसी, शान्तिकला तामाङ, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, सरस्वती कट्टेल, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वाल्मिका आचार्य

वैकल्पिक खेलाडी : आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही, पुष्पा चौधरी

टोली अनुसार नामावली :

आर्मी : सफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वति जैसी, कृपा अधिकारी, सृष्टि खड्गी, संगम महतो

पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना विष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द,

एपिएफ: सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा विष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी

न्यू डायमन्ड: प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, झरना श्रेष्ठ, वाल्मिका आचार्य

भरतपुर : सरस्वती कट्टेल

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.