5 years ago
June 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिने एभिसी एसियन भलिबल च्याम्पियनसिपबाट ५ राष्ट्रले नाम फिर्ता लिएका छन् ।

फिलिपिन्समा भदौ १३ गते देखि २० गते सम्म आयोजना हुने च्याम्पिनसिपबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए । एक साता चल्ने च्याम्पियनसिपमा अब नेपालसहित अब १२ राष्ट्रले भाग लिनेछन् । जसमा आयोजक फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, ताइपे, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङ छन् ।
एसियाली भलिबल महासंघ (एभिसी) ले असार १ गते सम्म सहभागिता पक्का गर्ने वा नाम फिर्ता लिने समय दिएको र त्यहि अवधिमा टोलीको नाम दर्ता गराइएको चन्दले बताए । ‘कोभिड १९ का कारण धेरैलाई कठिनाई भइरहेको हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जुन १५ सम्मको समय दिएको थियो । त्यहि अनुसार केहि देशले फिर्ता लिए, चन्दले भने, आज एभिसीले सहभागी टोली र नाम फिर्ता लिएका टोलीको सुची पठाएको छ ।’
सुरुमा च्याम्पियनसिपमा चीनमा १६ टोलीको सहभागितामा आयोजना हुने तय थियो । पछि चीनले आयोजना नगर्ने भएपछि फिलिपिन्स आयोजकका रुपमा सहभागी हुँदा १७ टोलीबीच प्रतिस्पर्धा हुने तय थियो । अहिले ५ टोलीले नाम फिर्ता लिएपछि अब १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा लागि नेपाली महिला टोलीको प्रशिक्षण असार १ गतेबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को त्रिपुरेश्वरस्थित कभर्ड हलमा सुरु भएको छ । प्रशिक्षणमा ३० खेलाडी समावेश छन् । कोभिड १९ को परिक्षणबाट सबै खेलाडीको रिपोर्ट नेभेटेटिभ आएपछि प्रशिक्षण सुरु गरिएको थियो । प्रशिक्षणमा त्रिभुवन आर्मी क्लबका सर्वाधिक ८, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र होगांन्जी न्यू डायमण्ड क्लबका समान ७ र सरस्वती कट्टेल बन्द प्रशिक्षमा रहेका छन् ।
मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट रहँदा सहायक प्रशिक्षकमा कुमार राई र ट्रेनीमा महिला राष्ट्रिय भलिबल टोलीकी पुर्वकप्तान अन्जु श्रेष्ठ रहेकी छिन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, सुनिता खड्का, उषा विष्ट, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, रेश्मा भण्डारी, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वती जैशी, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वालमिका आचार्य, बन्द प्रशिक्षणमा अनुपस्थित खेलाडी ः कामना विष्ट, पुनम चन्द, शान्तिकला तामाङ, हिरा केसी र सरस्वती कट्टेल
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]