4 years ago
June 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सचिव मनवीर छन्त्यालको संयोजकत्वमा आसन्न एसियन महिला सिनियर भलिबल च्याम्पियनसिपको लागि ७ सदस्यीय खेलाडी छनोट समिति गठन गरेको छ ।

संघको कार्यवहाक अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रिय समिति बैठकले दोस्रो चरण र अन्तिम चरणको लागि खेलाडी छनोट समिति गठन गरेको हो । छन्त्याल संयोजक रहेको खेलाडी छनोट समितिमा संघका केन्द्रिय सदस्य रीता कोईराला, ज्योती केसी, जुनु पुन, राखेप अन्तर्गत भलिबलका मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह, महिला टोलीमा मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादव छन् ।
समितिले फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ सदस्यीय खेलाडी तथा अन्तिम राउन्डमा १४ सदस्यीय खेलाडी छनोट गर्नेछ । १ असारबाट शुरु भएको प्रशिक्षणमा हाल २७ जना खेलाडीले नियमित प्रशिक्षण गरिरहेका छन् । समितिले केही दिनमा नै दोस्रो चरणमा १८ खेलाडी छनोट गर्नेछ । यस्तै संयोजक छन्त्यालले अब दुई साताभन्दा बढी प्रशिक्षण भइसकेको अवस्थामा पुलिसले अनुपस्थित गराएको तीन खेलाडी र वैकल्पिक खेलाडीलाई प्रशिक्षणमा बोलाउन नसकिने बताए ।
च्याम्पियनसिपमा सहभागी हुनका लागि (प्रशिक्षणको सुरुवातदेखि) नै संघले करिव १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग माग्दै आफै पनि च्याम्पियनसिपको लागि आर्थिक रकम जुटाउन लागि परेको छ ।

एसियन च्याम्पियनसिपका लागि संघले गत चैतमा आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको थियो ।
बन्द प्रशिक्षणमा डाकिएका मध्ये पुलिसका तीन खेलाडी (पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ) आधारभुत तालिममा रहेको भन्दै नेपाल पुलिस क्लबले प्रशिक्षणमा सहभागी गराएन । टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । टोलीमा उज्ज्वल डोटेल फिजियोको भूमिकामा छन् ।

नेपालले पहिलोपटक एसियन महिला सिनियर भलिबल च्याम्पियनसिप खेल्दैछ । च्याम्पियनसिप फिलिपिन्समा अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुदैछ । च्याम्पियनसिपमा १२ टोलीको सहभागिता रहने छ । अन्तिम समयमा यसअघिका आयोजक रहेका चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएका थिए । अब फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङ छन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, सुनिता खड्का, उषा विष्ट, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, रेश्मा भण्डारी, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वती जैशी, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वालमिका आचार्य, हिरा केसी र सरस्वती कट्टेल
बन्द प्रशिक्षणमा अनुपस्थित खेलाडी – कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ
प्रशिक्षण टोली :जगदिश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), कुमार राई (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र अन्जु श्रेष्ठ (ट्रेनी)
प्रशिक्षणको भिडियो हेर्नुहोस :
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]