default_image

4 years ago

July 3, 2021

कमला दोस्रो चरणबाटै बाहिर

389 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी नियमित सदस्य तथा नेपाल पुलिस क्लबकी सेटर कमला पुन फिलिपिन्समा हुने महिला एसियन भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय टोली छनोटको दोस्रो चरणबाट नै बाहिरिएकी छिन् ।

नेपाल भलिबल संघले भदौ १३ देखि २० सम्म हुने प्रतियोगिताका लागि १८ खेलाडीको नाम घोषणा गर्दा कमला टोलीमा पर्न सकिनन् । प्रारम्भिक ३० जनाको टोलीमा ५ जना सेटर रहेकोमा कमला र सरस्वती कट्टेलले दोस्रो चरणमा स्थान बनाउन सकेनन् । १८ सदस्यीय टोलीमा कप्तान अरुणा शाही, कृपा अधिकारी र जानकी भण्डारी सेटरको भूमिकामा रहेका छन् ।

कमलाले सन् २०१४ मा मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । २७ वर्षीय उनले त्यसयता नियमित रुपमा राष्ट्रिय टोलीबाट खेल्दै आएकी थिइन् । करिअरको सुरुवातमा लिबेरोको भूमिकामा देखिएकी उनले पछिल्लो समय सेटरको भूमिकामा खेलिरहेकी थिइन् । सन् २०१९ मा घुँडाको शल्यक्रियापछि पनि टोलीमा पुनरागमन गर्न सफल उनी यसपटक भने दोस्रो चरणमा पर्न सकिनन् ।

घोषणा गरिएको ३० सदस्यीय टोलीमा ३ सेटरसँगै स्टार स्पाइकरद्वय प्रतिभा माली र सरस्वती चौधरी छन् । यस्तै शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी र रेश्मा भण्डारी टोलीमा परेका छन् । सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट र सुनिता खड्काले पनि टोलीमा स्थान बनाएका छन् । लिबेरोमा सलिना श्रेष्ठ र सरस्वती जैसी रहेका छन् । युवा स्पाइकरद्वय रिया कुँवर र लक्ष्मी चन्दले पनि टोलीमा स्थान बनाएका छन् ।

टोलीबाट बाहिरिने ठूलो नाममा सेटर कमलासँगै मिडल ब्लकर हिरा केसी रहेकी छिन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्दा टोलीका सदस्य थिए । यस्तै रिमा कुँवर, झरना श्रेष्ठ, संगम महतो, पुजा चौधरी, सरस्वती कट्टेल, वाल्मिका आचार्य र सृष्टि खड्गी छनोटबाट बाहिरिएका छन् । यसअघि पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ प्रशिक्षणमा सहभागी रहेका थिएनन् ।

गत साता मात्र संघको कार्यवहाक अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा बसेको केन्द्रिय समिति बैठकले दोस्रो चरण र अन्तिम चरणको लागि खेलाडी छनोट समिति गठन गरेको थियो । छन्त्याल संयोजक रहेको खेलाडी छनोट समितिमा संघका केन्द्रिय सदस्य रीता कोईराला, ज्योती केसी, जुनु पुन, राखेप अन्तर्गत भलिबलका मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह, महिला टोलीमा मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादव छन् ।

समितिले फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ सदस्यीय खेलाडी तथा अन्तिम राउन्डमा १२ सदस्यीय खेलाडी छनोट गर्नेछ । च्याम्पियनसिपमा सहभागी हुनका लागि (प्रशिक्षणको सुरुवातदेखि) नै संघले करिव १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग माग्दै आफै पनि च्याम्पियनसिपको लागि आर्थिक रकम जुटाउन लागि परेको छ ।

एसियन च्याम्पियनसिपका लागि संघले गत चैतमा आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको थियो ।

बन्द प्रशिक्षणमा डाकिएका मध्ये पुलिसका तीन खेलाडी (पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ) आधारभुत तालिममा रहेको भन्दै नेपाल पुलिस क्लबले प्रशिक्षणमा सहभागी गराएन । टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । टोलीमा उज्ज्वल डोटेल फिजियोको भूमिकामा छन् । व्यवस्थापक निरोज मास्केले भने पदबाट राजिनामा दिइसकेकी छिन् ।

नेपालले पहिलोपटक एसियन महिला सिनियर भलिबल च्याम्पियनसिप खेल्दैछ । च्याम्पियनसिप फिलिपिन्समा अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुदैछ । च्याम्पियनसिपमा १२ टोलीको सहभागिता रहने छ । अन्तिम समयमा यसअघिका आयोजक रहेका चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएका थिए । अब फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङ छन् ।

छनोट भएका १८ खेलाडी :

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, रिया कुँवर, लक्ष्मी चन्द

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.