4 years ago
July 23, 2021
एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हुँदैछ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि हुनेछ ।

गत वर्ष नै हुनुपर्ने ओलम्पिक विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष पछि सारिएको थियो । यसपटक विश्व नै कोभिडसँग जुधिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, जापान सरकार, जापान ओलम्पिक कमिटिले बन्द रंगशालामै ओलम्पिक गर्ने निर्णय गरेको हो ।
टोकियो ओलम्पिक बन्द रंगशालामा हुनेछ । ओलम्पिकका लागि खेलाडी तथा अफिसियलहरुलाई अनिवार्य कोभिडको प्रोटोकल लगाइएको छ । खेलाडी तथा अफिसियल अेल हुने स्थल र ओलम्पिक भिलेजमा मात्रै रहनुपर्नेछ । टोकियो ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार हुने भएपनि सामूहिक खेल फुटबललगायतका खेलहरु २१ जुलाईदेखि नै सुरु भइसकेको छ ।
आयोजक जापानले उद्घाटन समारोहलाई सामान्य रुपमा नै अघि बढाउने निर्णय गरेको छ । यसपटकको टोकियो ओलम्पिक २०२० मा विश्वका २०४ भन्दा बढी राष्ट्रका ११ हजार २ सय भन्दा बढी एथलिटले सहभागिता जनाउँदै छ । एथलिटहरुले ३३ खेलमा ३३९ स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन् । उद्घाटनको मार्चपासमा नेपालको झन्डा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोक्नेछन् ।

नेपालबाट चार खेलमा ५ खेलाडीले टोकियो ओलम्पिकमा सहभागिता जनाउँदैछ । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्स शाह, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछन् । गौरिकाले महिला १०० मिटर फ्रि स्टाइलमा तथा एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पधाए गर्नेछन् । सोनियाले ४८ केजीमुनि खेल्नेछिन् । कल्पनाले १० मिटर एयर राइफल्समा तथा सरस्वतीले १०० मिटर दौडमा नेपालको चुनौती पेश गर्नेछिन् ।
युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् । वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । नेपालले शनिबार दुुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेश गर्नेछन् । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको तौल समूहको खेल विहान ७:४५ बजेदेखि सुरु हुनेछ । पहिलो चरण पारे गरे लगातार खेलको अन्य चरण त्यसै दिन हुनेछ ।

विहीबार भएको खेल तालिका सार्वजनिक समारोहमा ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो । डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रुपमा सहभागी छैन । अर्थात ओलम्पिकमा रुसको राष्ट्रिय झन्डा र राष्ट्रिय गान बजाइने छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झन्डा मुनि प्रतिस्पर्धा गर्नेछन् ।
सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । यस प्रतियोगितामा भने उनी आठौं वरीयताकी खेलाडी हुन् । इरिनाले यसै मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन् । नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७ औं स्थानमा छिन् । उनी वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् ।
यस्तै सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । छनोट चरणमा उनको खेल विहान ५:१५ बजेदेखि सुरु हुनेछ । छनोट चरण पार गरे अन्तिम चरण साँझ नै हुनेछ । ओलम्पिकमा नेपाली टोलीको लक्ष्य पदक भन्दा पनि आफ्नो प्रदर्शन सुधार गर्नु नै हुनेछ ।

२७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्ट दिउँसो ३:४५ बजेपछि सुरु हुनेछ । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
२८ जुलाईमा जलपरी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । उनको हिट चरण दिउँसो ३:४५ बजेपछि सुरु हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।
३० जुलाईमा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । खेल विहान ९ बजेपछि सुरु हुनेछ । यो टोकियो आलेम्पिकका नेपालको लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । सुरुवाटमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिएपनि अन्तिम समयमा सरस्वती चौधरीले १ सय मिटर दौडमा खेल्ने अवसर पाएकी हुन् । हिट चरण पार गरे जुलाई ३१ मा यस इभेन्टको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ ।

गौरिका दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिकको अवसर बटुल्नेछन् । गौरिका रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । यसपटक नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २४ जनाको टोली जापान पुग्नेछन् । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तथा नेपाल ह्यान्डबलका अध्यक्ष तेज गुरुङ र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव उपाध्यक्षले अन्तिम समयमा जापान गएनन् । सेभ दि मिसनको रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल रहेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]