4 years ago
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग आयोजना नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिले गर्ने भएको छ ।

नेपाल भलिबल संघले महिला र पुरुष भलिबलको फ्रेन्चाईज लिग नेपाल सुपर लिग भलिबल आयोजना गर्न १० वर्षको सम्झौता गरेको छ ।
नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान–प्रदान गरे । अब सन् २०३० नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिले महिला र पुरुष दुवैको फ्रेन्चाइज लिग हरेक वर्ष आयोजना गर्नेछ ।
अब नेपाल सुपर लिग (एनएसएल) भलिबलको नामले लिगको आयोजना हुनेछ । पहिलो संस्करण आगमी नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म आयोजना गर्ने लक्ष्य छ । दोस्रो संस्करण होम एन्ड अवे गर्ने लक्ष्य पनि छ । लिगमा सात प्रदेशका महिला र पुरुषको समान सात-सात टोलीले सहभागिता जनाउनेछन् ।
संघले प्रतियोगिताको लागि प्राविधिक सहयोग गर्नेछ । संघले प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत थप सहयोग पनि पाउनेछ । यस्तै नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल भलिबल संघले आयोजना गर्ने महिला तथा पुरुष एनभिए क्लब च्याम्पियनसिपको लागि सहयोग गर्नेछ ।

सम्झौतापछि नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कारकि चौधरीले यो प्रतियोगिताले भलिबललाई थप सफलता मिल्ने र अझै उत्कृष्ट प्रतियोगिता गर्दै जाने बताईन् ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मिति पक्का भइसकेपछि खेलाडीको छिनाेफानाे गर्दै क, ख, ग र घ मा खेलाडीको वर्गिकरण गरिने बताए । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज खुकुरी नेपाल सुपर लिग (एनएसएल) आयोजना गरेको थियो । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले फुटबलसँगै भलिबल र क्रिकेटमा पनि फ्रेन्चाइज लिग आयोजना गर्ने तयारी गरेको छ ।
एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाईजको घोषणा गर्ने तयारी थियो । तर कोभिडको कारण तत्कालिन समयमा भलिबलको फ्रेन्चाईज लिग घोषणा हुन सकेको थिएन ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]