4 years ago
September 12, 2021
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार पाँचौ जित दर्ता गरेको छ । पीएसजीले घरेलु मैदानमा क्लेरमोन्ट फुटमाथि ४–० को फराकिलो जित निकालेको हो ।

पीएसजीको जितमा एन्डर हेरेराले दुई तथा केलियन एमबाप्पे र इड्रिसा गाना गुआईले समान एक गोल गरे । पार्क डेस प्रिन्सेस पेरिसमा शनिबार राति भएको खेलको २०औं मिनेटमा एन्डर हेरेराको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ३१औं मिनेटमा एन्डर हेरेराले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५५औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । एमबाप्पेले पछिल्लो तेस्रो खेलमा लगातार गोल गरेका हुन् । ६५औं मिनेटमा इड्रिसा गाना गुआईले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

लगातार पाँचौ जितसँगै पीएसजी १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पीएसजीले दोस्रो स्थानमा रहेको एन्जर्स र मार्सेलाई ५ अंकले पछि पारेको छ । पहिलो हार बेहोरेको क्लेरमोन्ट ८ अंकसहित चौथो स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा लोरिएन्टले लिललाई २–१ ले पराजित गरेको छ । अर्मान्ड र तेरेम माफ्फीले गोल गर्दा लिलका बुराक यिल्माजले एक गोल फर्काए । यो नतिजासँगै लोरिएन्ट ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित लिल ५ अंक जोडेर १०औं स्थानमा रहेको छ ।
अर्काे खेलमा मार्सेले मोनाकोलाई २–० ले पराजित गरेको छ । मार्सेको जितमा एहमादोउ बाम्वा डिइङले दुवै गोल गरे । जितपछि मार्से ४ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । मोनाको ४ अंकसहित १४औं स्थानमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]