4 years ago
September 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघले बुधबार एक पत्रकार सम्मेलन गर्दै असोज १० देखि १६ सम्म हुने च्याम्पियनसिपको आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । यस च्याम्पियनसिप डिसेम्वरमा आयोजना हुने एनएसएल भलिबलको लागि खेलाडी छनोट र आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको लागि टिम छनोटको रुपमा रहनेछ ।
प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ टोली हुने छन् । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली लिगका लागि छनोट हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणि मुकुन्द भलिबल क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश गरि १२ टोलीको सहभागिता रहनेछ ।
महिलातर्फ होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लब गरि ७ टोलीको सहभागिता रहनेछ । ६ असोजसम्म टिम दर्ता गराउने समय रहेकाले टिमको सङ्ख्या बढ्न सक्ने संघले जनाएको छ ।
यसपटक पुरस्कार राशिमा पनि दोब्बर वृद्धि भएको छ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । गत सिजनका शीर्ष तीनले २ लाख, १ लाख र ५० हजार पुरस्कार प्राप्त गरेका थिए । गत वर्ष चैतमा भएको क्लब लिगको विजेताले ३ लाख रुपैयाँ हात पारेका थिए ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघले क्लब च्याम्पियनसिपका लागि सरकारसँग स्वीकृति लिइसकेको जनाएको छ ।
यसपटक च्याम्पियनसिपमा सहभागी हुने टोलीले खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने भएको छ । यसअघि संघले केही खर्च व्यवस्थापन गर्दै आएको थियो । च्याम्पियनसिपमा सहभागी हुन इच्छुक देशैभरका क्लबले सहभागिताका लागि आवेदन दिन सक्ने संघले जनाएको छ । नियम अनुसार हरेक टोलीले बढीमा ३ विदेशी खेलाडी राख्न पाइने छ। विदेशी खेलाडीले श्रम स्वीकृतिसँगै आफ्नो राष्ट्रिय संघको पत्र समेत पेश गर्नुपर्ने हुन्छ ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा भने हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]