4 years ago
September 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षणमा पर्न सफल होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी युवा उदियमान स्पाइकर रिया कुँवरको घुँडाको शल्यक्रिया सफल भएको छ ।

प्रशिक्षणका क्रममा बायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएपछि १५ वर्षीया रियाको शल्यक्रिया गर्नुपरेको हो । डाक्टर भद्र हमालको नेतृत्वमा रहेको टोलीले सोमबार ट्रमा सेन्टरमा झन्डै दुई घन्टा लगाएर उनको शल्यक्रिया गरेको हो ।
‘शल्यक्रिया राम्रो भएको छ । उनको लिगामेन्टको विशेष गरी मिनिस्कस जाली च्यातिएको हो । भोलिदेखि नै फिजियो सुरु गर्नेछौं । राम्रो फिजियो भएको अवस्थामा उनलाई खेलमा फर्कन कम्तीमा पनि ९ महिना लाग्नेछ,’ डाक्टर हमालले हाम्रो खेलकुदसँग भने ।
‘अस्पतालको निर्देशन अनुसार हामी तत्कालका लागि यही ट्रमा सेन्टरमा नै उनको फिजियो गराउनेछौं । अस्पतालमा फिजियोको टोली राम्रो रहेको छ । फिजियो राम्रो भएको अवस्थामा उनी आफ्नो पुरानो खेलम फर्किने सम्भावना छ ।’
शल्यक्रियासँगै उनी झन्डै ६ देखि ९ महिना मैदान बाहिर रहनेछिन् । यो सँगै रियाले घरेलु भलिबलमा आउदो १० असोजदेखि शुरु हुने छैटौं संस्करण एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपसँगै अन्य प्रतियोगिताहरु गुमाउनेछिन् ।
१० असोजदेखि सुरु हुने एनभिए क्लब च्याम्पियनसिपकै प्रशिक्षण दौरान न्यु डायमन्डको आफ्नै कोर्टमा रियाले स्पाइकका लागि जम्प गर्ने प्रयास गर्दा दुखाई महसुस गर्दै दुई साताअघि घुडाँमा सामान्य चोट बोक्न पुगेकी थिइन् । त्यसपछि उनलाई क्लबको मेडिकल पार्टनर अर्थाेप्लास्टमा लगिएको थियो । त्यहाँ फिजियोसँग केहि समय रिह्याब गरेपछि फिट भएपछि उनी पुन प्रशिक्षणमा फर्किएकी थिइन् । पुनः दुखाई महसुस गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई गरिएको थियो ।
एमआरआई परिक्षणमा उनको घुडाँको एसिएल (एन्टेरिएर क्रुसिएट लिगामेन्ट) च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने भएको हो ।
पछिल्लो समय रियालाई नेपाली भलिबलमा योगदान दिन सक्ने खेलाडीको रुपमा हेरिएको छ । १५ वर्षीय रियाले एसियन महिला भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल संघले छनोट गरेको ३० सदस्यीय टोली हुदै १८ सदस्यीय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् ।
नेपाल भलिबल संघले रियाको उपचारको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग समन्वय गरेपछि ट्रमा सेन्टरमा उनको शल्यक्रियाको व्यवस्था भएको हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]