9 years ago
November 16, 2016
दिपक बोहोरा ,पाँचथर
नेपाली राष्ट्रिय फुटबल टीमले सोरोडारिटि कपको उपाधि जितेको खुसियालीमा बुधबार पाँचथरको फिदिममा पाँचथर क्लबको आयोजनामा मोटर साइक र्यालीको आयोजना गरिएको छ ।

सदरमुकामा फिदिममा बुधबार युबाहरु नेपालको राष्ट्रिय भण्डा र नेपाल लेखिएको पम्पेल्ट बोकेर सडकमा ओर्लिएका थिए । हिप हिप हुर्रे हिप हिप हुर्रे भने गाना बजाएर र्याली मा युवाहरु सहभागी भएका थिए । सयैका संख्यामा रहेका युबाहरु आयो गोर्खाली भन्दै उत्साहित देखिन्थे ।
हिप हिप हुर्रे भन्ने गानाको साथ युबाहरुले फिदिम बजार परिक्रमा गरेर गणतन्त्र चौक आए सहमागी सबैलाइ धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।

नेपाली खेलाडी हरुलेमात्र नभएर सबै ३ करोड नेपालीले उपाधि जितेको र सो खुसिबाड्न सडकमा आएको आयोजक क्लबका अध्यक्ष अनुराग मगरले बताउनु भयो ।
नेपालले मंगलबार सोरोडारिटि कपको फाइनलमा मकाउलाइ १–०ले हराउदै एएफसिले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक उपाधि जितेको थिया
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]