default_image

2 years ago

November 17, 2021

प्रशिक्षकको भूमिकामा कुमार थापाको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)– आफ्नो समयका उत्कृष्ट मिडफिल्डर मध्यका कुमार थापा झण्डै ५ वर्षपछि सक्रिय प्रशिक्षणमा फर्केका छन् । २०७३ सालमा महिला राष्ट्रिय फुबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थापा नेपाल एपिएफ फुटबल क्लबको प्रशिक्षकका रुपमा घरेलु फुटबलमा फर्कदैछन् । सशस्त्र प्रहरी बलका निरीक्षक समेत रहेका थापाले २०६३ देखि २०७१ सम्म एपिएफबाटै खेलेका थिए । त्यसअघि घरेलु […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आफ्नो समयका उत्कृष्ट मिडफिल्डर मध्यका कुमार थापा झण्डै ५ वर्षपछि सक्रिय प्रशिक्षणमा फर्केका छन् । २०७३ सालमा महिला राष्ट्रिय फुबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थापा नेपाल एपिएफ फुटबल क्लबको प्रशिक्षकका रुपमा घरेलु फुटबलमा फर्कदैछन् ।

सशस्त्र प्रहरी बलका निरीक्षक समेत रहेका थापाले २०६३ देखि २०७१ सम्म एपिएफबाटै खेलेका थिए । त्यसअघि घरेलु फुटबलको सफल टोली मनाङ मर्स्याङ्दी क्लबको कप्तानका रुपमा मैदानमा सक्रिय थिए । महिला राष्ट्रिय टोलीको प्रशिक्षक रहँदा रहँदै उनले युरोपेली फुटबल महासंघ (युइएफए) ले सञ्चालन गरेको फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको तीन वर्षे कोर्सका लागि छनोट भएका थिए । सन् २०१७ देखि २०१९ सम्मको त्यो कोर्सका लागि त्यति बेला छनोट हुने थापा एसियाका एक्लो थिए । एमए कोर्स सकेर उनी फर्केको पनि दुई वर्ष भइसकेको छ ।

एपिएफमा ए लाइन्सेन्स प्राप्त प्रशिक्षक उनै मात्र भएकोले संगठनले उनलाई यसपटक लिग हेर्ने जिम्मेवारी सम्पुगेको छ । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका उनलाई संगठनले मुख्यत पुरुष टोलीको प्रशिक्षणको जिम्मेवारी तोकेको छ । तर त्यसबाहेक महिला र पुरुष फुटबल टोलीको व्यवस्थापकिय जिम्मेवारी पनि उनले सँगसँगै अघि बढाइरहेका छन् ।

केहि साता अघिमात्र एएफसी क्लब लाइसेन्स प्राप्त गरेको एपिएफको ए डिभिजन लिगमा भने सन्तोषजनक प्रदर्शन हुन सकेको छैन । थापासहितको टोलीले २०६३ मा लिगमा पाँचौं स्थान प्राप्त गर्नुनै एपिएफको अहिले सम्मको उत्कृष्ट प्रदर्शन हो ।

पहिलो पटक ए डिभिजन टोलीको प्रशिक्षण दिन लागेपछि आफू उत्साहित वा दबाब दुवैमा नरहेको थापा बताउँछन् । ‘न धेरै उत्साहित छु, न दबाबमा । वैशाखदेखि प्रशिक्षण दिइरहेको छु’, उनले लिगमा टोलीको लक्ष्यका बारेमा भने, ‘हामीले यसपटक चौथोदेखि आठौं स्थान सम्मको लक्ष्य राखेका छौं । त्यो भन्दा सुधार गर्न सक्यौं भने राम्रो हुने नै भयो ।’

एएफसीको क्लब लाइसेन्स प्राप्त गरिसकेकोले विदेशी खेलाडी ल्याउनका लागि बाटो खुलेको तर्क गर्दै थापाले भने, ‘तर ल्याउने नल्याउने विषयमा निर्णय भने भएको छैन । व्यक्तिगत रुपमा अब विभागिय टोलीले पनि विदेशी खेलाडी ल्याउनुपर्छ भन्ने मलाई लाग्छ । सामुदायिक क्लबले विदेशी खेलाडी भित्राउन थालेको डेढ दशक भन्दा बढी भइसक्दा पनि विभागीय तीन टोली ( त्रिभुवन आर्मी फुटबल, नेपाल पुलिस क्लब, एपिएफ) मा त्यो अभ्यास भएको छैन ।’

थापाले टोलीमा लिगमा सहभागी समग्र १४ टोलीका बारेमा चर्चा गर्दै सिनियर खेलाडी भन्दा नयाँ खेलाडी ज्यादा रहेकाले त्यसले टोली निर्माणमा केहि कठीनाई हुन सक्ने बताए । अर्को लिग प्राकृतिक घाँस र कृत्रिम मैदानमा खेल हुँदा टोलीहरुको प्रदर्शनमा एकरुपता नआउने उनको आँकलन छ । अर्को विभागिय टोलीको आफ्नै नियम हुने भएकाले सामुदायिक क्लबमा जस्तो कन्ट्र्यान्टमा ठूलो रकम दिएर खेलाडी लिन कठीन रहेको बताउँछन् ।

प्राविधिक रुपमा भने एपिएफ टोली बलियो रहेको विश्वास गर्ने थापा एएफसी लाइसेन्स प्राप्त गरेपछि क्लबबाट अपेक्षा पनि बढ्ने बताउँछन् । ‘ क्लब लाइसेन्स प्राप्त गर्नु भएको अन्तर्राष्ट्रिय स्तरको क्लब हुनु हो’, उनले भने, ‘क्लब, खेलाडी, समर्थक सबैले विगतमा भन्दा राम्रो प्रदर्शनको आशा स्वभाविक रुपमा गर्छन् । हामीले आफूलाई आउने दिनमा त्यसरी नै तयार गर्दै लानुपर्ने हुन्छ ।’

थापाको कप्तानीमा मनाङले २०६० सालमा लिगसहित ५ वटा उपाधि जितेको थियो । २०६२ पनि मनाङबाट ए लिग जितेपछि थापाको यात्रा एपिएफबाट अघि बढेको थियो । केही खरो स्वभावका थापा अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको आलोचकका रुपमा समेत चिनिन्छिन् । उनी सक्रिय खेल जीवनमा रहँदा एन्फाले सर्वोत्कृष्ट खेलाडीलाई कार दिने परम्पराको सुरुवात गर्दा उनले खेलाडीलाई ट्याक्सी ड्राइभर बनाउन लागेको भन्दै आलोचना गरेका थिए ।

विभागबाट प्रशिक्षणका लागि आफूलाई पूर्ण सहयोग गरेको थापाले टोली नयाँ जोशका साथ आउने विश्वास लिएको बताएका छन् । आफ्नो समयका क्रिएटिभ मिडफिल्डरका रुपमा चर्चित थापाले महिला टोलीबाट भने अपेक्षा अनुरुपको नतिजा निकाल्न सकेका थिएनन् । उनकै प्रशिक्षणमा नेपालले चौथो संस्करणको साफ च्याम्पियनसिपमा उनले टोलीको कमान सम्हाल्दा सेमिफाइनलबाटै बाहिरिएको थियो । जबकी बाँकी सबै संस्करणमा नेपाल फाइनल पुगेको थियो । नतिजा नआएपनि उनले टोलीमा व्यापक परिवर्तन भने गरेका थिए । उनकै नेतृत्वमा नेपाली महिला टोलीमा अर्को युगको सुरुवात भएको मानिन्छ ।

खेलाडी रुपमा विद्रोही छवि बनाएका थापाले प्रशिक्षकका रुपमा दोस्रो इनिङको सुरुवात गर्दैछन् । आफू खेलाडी हुँदाको प्रदर्शनलाई दोहोर्याउन उनी सफल हुन्छन् वा त्यो भन्दा फरक खालको प्रदर्शन रहन्छ त्यसका लागि भने केहि समय कुर्नुपर्ने हुन्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.