4 years ago
November 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा बहुराष्ट्रिय कम्पनि कतार एअरवेजले निरन्तरता दिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सम्झौता हस्ताक्षार गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एअरवेजले एक वर्षका लागि सम्झौता गर्ने निर्णय सार्वजनिक गरेका हुन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एअरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पछिल्लो संस्करणझैं कतार एअरवेजले लिग प्रायोजनस्वरूप एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर (१ करोड ७८ लाख रुपैयाँ) प्रदान गर्नेछ । एन्फाले गत संस्करणकै रकममा यसपटक पनि सम्झौता गरेको हो । अघिल्लो सिजन मच्छिन्द्र क्लबले लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै लिग उपाधि जितेको थियो ।
एन्फा अध्यक्ष शेर्पाले अर्को वर्ष पनि सम्झौतालाई थप वृहत बनाउँदै निरन्तरता दिने आशा राखे । ‘हामीले यस सिजन पुरानै सम्झौतालाई निरन्तरता दियौं । अर्को सिजन सम्पूर्ण लिग समेटेर नै वृहत सम्झौता हुनेछ । ५ लाख डलर बराबरको सम्झौता गर्ने हाम्रो लक्ष्य रहेको छ,’ शेर्पाले भने ।

कन्ट्री म्यानेजर इमामले पुन: लिगको प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘हामी एन्फालाई धन्यवाद दिन चाहन्छौं । फेरी एकपटक लिगको प्रायोजन गर्ने अवसर पाएका छौं । आशा छ यो सम्झौताले नेपाली फुटबल विकासमा सहयोग पुग्नेछ,’ उनले भने ।
ए डिभिजन लिग शुक्रबारबाट सुरु हुँदैछ । एन्फाले यसपटक साताको अन्त्यमा खेल राख्दै ४ महिना लिग चलाउने लक्ष्य राखेको छ । लिगको पहिलो खेल दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र यसै सिजन ए डिभिजनमा बढुवा भएको सातदोबाटो युवा क्लबबीच हुँदैछ ।
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]