default_image

4 years ago

November 17, 2021

हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग खेल्ने हिमालयन शेर्पा क्लबले नेपाल आइससँग मुख्य प्रायोजन सम्झौता गरेको छ ।

क्लबले बुधबार एक कार्यक्रमका बीच प्रायोजन सम्झौता गरेको हो । क्लबका कार्यवाहक अध्यक्ष गम्बु दोर्जे शेर्पा र नेपाल आइसका तर्फबाट सिजी फुड्सका बिजिनेस प्रमुख प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सार्वजनिक रुपमा दुवै पक्षले रकम खुलाउन चाहेनन् ।

क्लबले यस सिजन युगलकिशोर राईलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । क्लबको कप्तानी विश्वास श्रेष्ठले सम्हाल्नेछन् । विदेशी खेलाडीमा केन्याका पिस्टोने मुताम्बा, क्यामरुनका उलरिच सिवे रामजी, जापानका रियो नाकामुरा र भारतका मोइनुद्दिन खान रहेका छन् । राष्ट्रिय टोलीमा परिसकेका त्रिदेव गुरुङ र दीप कार्की पनि हिमालयन शेर्पामा छन् ।

सिजी फुड्सका पुडासैनीले खेल विकासका योगदान दिँदै आएकोमा यसपटक हिमालयन शेर्पासँग सम्झौता गरेको बताए । ‘सिजी समुहले सधैं खेलकुद विकासमा अग्रसरता देखाउँदै आएको छ । सामाजिक उत्तरदायित्व र खेल विकासलाई एकसाथ लाग्ने प्रयासमा हामी लागेका छौं । हाम्रो ब्रान्डको प्रवर्द्धनमा पनि यसले सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.