default_image

4 years ago

November 17, 2021

सातदोबाटोले टि१० को किट प्रयोग गर्ने

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा डेब्यु गर्ने तयारीमा रहेको सातदोबाटो युवा क्लबले टि१० सँग खेल सामाग्री प्रायोजन सम्झौता गरेको छ ।

भाटभटेनी होल्डिङ कम्पनी आधिकारिक विक्रेता रहेको टि१० ले ए डिभिजन क्लब सातदोबाटोसँग तीन वर्षको सम्झौता गरेको हो । सम्झौता अनुसार टि१० सातदोबाटो युथ क्लबको आधिकारिक किट पार्टनर रहनेछ । टि१० ले टोलीलाई आवश्यक पर्ने सम्पूर्ण खेल सामाग्री प्रदान गर्नेछ ।

प्रायोजनसँगै टि१० ले क्लबको लिग पोजिसन अनुसार बोनस दिने समेत बताएको छ ‌‌। सम्झौताले ए डिभिजनको नवप्रवेशी क्लब सातदोबाटोको लिग यात्रा थप मजबुत रहने विश्वास टि१० ले राखेको छ ।

टि१० लाई आइपीएलको पञ्जाव किंग्स, राष्ट्रिय क्रिकेट टिमहरु ओमान, अमेरिका, कुवेत र अन्य उदीयमान देशलाई प्रायोजन गर्दै आएको छ । दिल्ली डायनामोज, हैदरावाद एफसी, गोवा एफसी, आईएसएलको ओडिसा एफसी, भुटानको पारो एफसी जस्ता फुटबल टिमसँग समेत सहकार्य गरेको छ । योसँगै दौड, साइक्लिङ सहित अन्य खेल क्षेत्रमा यसले सेवा विस्तार गर्दै आएको छ ।

भाटभटेनी होल्डिंगले आफ्ना सबै १९ वटा डिपार्टमेन्टल स्टोरको माध्यमबाट टि १० स्पोर्टस ब्राण्डको खुदा बिक्री गर्दै आएको छ ।

सातदोबाटोले लिगको उद्घाटन खेलमा फ्रेन्ड्सको सामना गर्दैछ ‌‌। खेल मंसिर ३ गते ४:४५ बजे दशरथ रंगशालामा हुनेछ ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.