default_image

2 years ago

November 18, 2021

कसैको लक्ष्य उपाधि, कसैको सुरक्षामा ध्यान

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु हुँदैछ । लिगको पूर्वसन्ध्यामा दशरथ रंगशालामा सहभागी टोलीका कप्तान र प्रशिक्षकले आ-आफ्नो भनाइ राखे । अधिकांश टोलीले आफ्नो स्पष्ट लक्ष्य नबताएपनि ठूला टोलीले भने लिग जित्ने लक्ष्य रहेको बताए । केहि टोलीले आफू सुरक्षित रहने पहिलो लक्ष्य रहेको आशय समेत व्यक्त गरे । […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु हुँदैछ । लिगको पूर्वसन्ध्यामा दशरथ रंगशालामा सहभागी टोलीका कप्तान र प्रशिक्षकले आ-आफ्नो भनाइ राखे ।

अधिकांश टोलीले आफ्नो स्पष्ट लक्ष्य नबताएपनि ठूला टोलीले भने लिग जित्ने लक्ष्य रहेको बताए । केहि टोलीले आफू सुरक्षित रहने पहिलो लक्ष्य रहेको आशय समेत व्यक्त गरे । यसपटक अधिकांश टोलीको स्तर उस्तै रहेकोले पनि लिग आंकलन गर्न नसकिने अवस्थाको छ । प्रशिक्षक र कप्तानले पनि यस्तै अभिव्यक्ति दिए ।

फ्रेन्ड्स क्लब

प्रशिक्षक – मृगेन्द्र मिश्र

तयारी राम्रो भएको छ । ४० दिनको तयारी गरेर आएका छौं । आफू सुरक्षित हुने पहिलो लक्ष्य छ । सातदोबाटो नयाँ टोली भएपनि नयाँ जोश हुन्छ । हामीलाई पूरा प्रयास गर्नेछौं ।

कप्तान – सुरज विक

तयारी राम्रो भएको छ । हामीले अ‍ौसत टिम बनाएका छौ ‌‌। विगत भन्दा फरक टोलीमा रहँदा केहि दबाब पक्कै छ । त्यसमा खरो उत्रने प्रयास गर्नेछौं ।

च्यासल युवा क्लब

बालगोपाल साहुखल – प्रशिक्षक

युवा टोली भएकाले धेरै अपेक्षा राखेका छैनौं । यसवा खेलाडी भएकाले जोशले भरिपूर्ण टिम छ । उत्तीकै उत्साहित पनि छौं । विकास मेराग्लिया र अन्य दुई विदेशी खेलाडी अनुबन्ध गरेका छौं । उनले कस्तो खेल्छन् हेर्न बाँकी छ ।

विराज महर्जन – कप्तान

अ‍ौसत टिम बनेको छ ‌‌। गत सिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र छाडेर यहाँ आएको हुँ । क्लबले मलाई भित्रयाउन गरेको प्रयासबाट प्रभावित भएँ ।

जावलाखेल युवा क्लब

किशोर केसी – प्रशिक्षक

तयारी राम्रो भएको छ ‌‌। हाम्रो लक्ष्य लिगमा चौथो स्थानसम्म हासिल गर्ने प्रयास हो । विदेशी खेलाडी र भारतीयको सम्मिश्रणले राम्रो बनेको छ ।

कुलदीप कार्की – कप्तान

पहिलो खेलमा मनाङको सामना गर्ने भएपनि कुनै दबाब छैन । मानसिक र शारीरिक रुपमा नै लिगका लागि तयार छौं । गत सिजनको केहि खेलाडी र नयाँ खेलाडीको सम्मिश्रणले थप बलियो बनेका छौं ।

ब्रिगेड ब्वाइज क्लब

सनोज श्रेष्ठ – प्रशिक्षक

सुरुवाती लक्ष्य भनेकै गत सिजनको प्रदर्शनमा सुधार गर्नु हो । प्राय टोलीमा युवा खेलाडीकै बाहुल्यता छ ।

अनिल गुरुङ – कप्तान

टिम केहि सुधारिएको महसुस गरेको छु । युवा खेलाडी मात्र हुँदा अनुभवको थप आवश्यकता हुने महसुस गरेको छु । नतिजा राम्रै आउने आशा छ ।

त्रिभुवन आर्मी फुटबल क्लब

राजु तामाङ – सहायक प्रशिक्षक

हाम्रो लक्ष्य उपाधि जित्ने नै रहेको छ । नवयुगको चोटले केहि असर परेपनि टोलीमा उनको स्थान पूर्ति गर्न सक्ने खेलाडी छन् । हामीले लिगलाई नै लक्षित गरेर तयारी गरिरहेका छौँ । आशा छ उपाधि खडेरी तोडिनेछ ।

भरत खवास – कप्तान

नवयुग नहुँदा समस्या पक्कै हुन्छ तर अरु खेलाडीको लागि यो अवसर हो । पुराना कमजोरी सुधार गरेर एक कदम अघि बढ्न चाहन्छौं । यसपटक लिग उपाधि जित्ने लक्ष्यसाथ नै टोली लागेको छ ।

मच्छिन्द्र फुटबल क्लब

प्रवेश कटुवाल – प्रशिक्षक

उपाधि रक्षा गर्न पक्कै सहज हुँदैन । त्यसैले पनि स्टार खेलाडी अनुबन्धन गरेर टोलीलाई थप मजबुत बनाएका छौँ । लक्ष्य सहज छैन तर टोलीमा विश्वास गरेको छु ।

सुजल श्रेष्ठ – कप्तान

लगातार चौथो उपाधि जित्ने लक्ष्य छ । टोलीमा प्रतिस्पर्धा बढ्नु हाम्रो लागि फाइदा नै हो । व्यक्तिगत रुपमा मैले फरक पोजिसनमा खेल्दा प्रशिक्षकलाई सहज हुन्छ जस्तो लाग्छ । टिम एकदम राम्रो स्थितिमा छ ।

न्यु रोड टिम

राजुकाजी शाक्य – प्रशिक्षक

गत सिजनको भन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्य हो । विदेशी खेलाडी स्तरीय छन् र नेपाली युवा खेलाडीले टोलीलाई थप मजबुत बनाएका छन् । प्रशिक्षकको शैली बुझेर खेल्न सके राम्रो नतिजा आउनेछ ।

अजित प्रजापति – कप्तान

विगतभन्दा टोली थप राम्रो भएको आशा गरेको छु । प्रशिक्षण र व्यवस्थापन पक्ष पनि राम्रो छ । आशा गरौं मैदानभित्र पनि सोहि किसिमको नतिजा ल्याउन सकिनेछ ।

नेपाल पुलिस क्लब

अनन्तराज थापा – प्रशिक्षक

विगत पाँच महिनादेखि प्रशिक्षणमा छौं । विभागीय टिम भएपछि विजेता बन्न नै खेल्ने हो । शीर्ष तीनसम्म आउने लक्ष्य छ । यसपटक लिग निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

राम वाजी – कप्तान

पहिलो पटक कप्तानी गर्दा जिम्मेवारी बढेको महसुस गरेको छु । विभागमा भएपछि लिग उपाधिको लागि प्रतिस्पर्धा त् गर्नु परिहाल्यो । नियमित प्रशिक्षण भएकाले पनि टोली राम्रो रहेको अनुभव गरेको छु ।

नेपाल एपिएफ फुटबल क्लब

कुमार थापा – प्रशिक्षक

टोलीमा पछिल्लो पटक भन्दा खासै परिवर्तन हुँदैन । हामीले चौथो देखि आठौँ स्थानसम्म आउने लक्ष्य राखेका छौँ । अघिल्लो सिजन रेलिगेसनको वरपर रहेको रेकर्डलाई सुधार गरेर राम्रो स्थानमा आउन चाहन्छौं ।

तोप विष्ट – कप्तान

तीन महिनायता नियमित लिगका लागि तयारीमा छौं । युवा र अनुभवी खेलाडीको सम्मिश्रणले टोली राम्रो बनेको छ । लिगमा लक्ष्य चौथो देखि आठौं स्थानसम्म हासिल गर्ने नै रहेको छ ।

मनाङ मर्स्याङ्दी क्लब

राजेन्द्र तामाङ – प्रशिक्षक

तयारी खासै राम्रो भएको छैन । बिचमा चाडपर्वले गर्दा थप कठिन हुन पुग्यो । टोलीलाई उपाधि जित्ने दबाब छ तर खेलाडी राम्रो रहेकाले सक्षम पनि छौं ।

विमल राना – खेलाडी

गत सिजन भाग्यले साथ दिएन त्यसैले राम्रो स्थान भएन । तर अधिकांश सिनियर खेलाडीले छोडेपनि टोलीले राम्रो प्रदर्शन गरेको थियो । यसपटक थप मिहिनेत गरेर पुराना कमजोरी सुधार्नेछौं । लक्ष्य लिग जित्नु नै हुनेछ ।

थ्री स्टार क्लब

उज्जन श्रेष्ठ – प्रशिक्षक

लिग उपाधि जित्ने लक्ष्य राखेर नै तयारी गरेका छौँ । अहिले सबै टोली कागजमा उस्तै नै छ । केहि खेल हेरेपछि मात्र को कस्तो भन्ने थाहा हुनेछ ।

विक्रम लामा – कप्तान

टिमले राम्रो तयारी गरेको छ । प्राविधिक रुपमा पनि हामीले विशेष ध्यान दिएका छौं । प्रशिक्षणको तयारीलाई अब मैदानमा उतार्नु महत्त्वपूर्ण हुन्छ । आशा छ राम्रो नै हुनेछ ।

संकटा क्लब

विष्णु गुरुङ – प्रशिक्षक

आफूसँग खेलेका खेलाडीलाई प्रशिक्षण दिँदा थप सहज भएको छ । केहि कमजोरी भए सहज रुपमा सिकाउन पाएको छु । अहिले नै यो लक्ष्य भन्ने छैन । हरेक दिन आफ्नो स्थितिलाई हेरेर अघि बढ्नेछौं ।

रवी सिलवाल – कप्तान

तयारी राम्रो भएको छ । आफ्नै मैदान भएकाले पनि नियमित प्रशिक्षणमा कुनै कठिनाइ छैन । नियमित राम्रो प्रदर्शन गर्ने नै लक्ष्य छ ।

सातदोबाटो युवा क्लब

मेघराज केसी – प्रशिक्षक

नयाँ टिम भएपनि हामीले त्यो महसुस हुन नदिने लक्ष्य राखेका छौं । क्लब व्यवस्थापन नयाँ भएपनि हामी प्रशिक्षक र खेलाडीले सक्दो राम्रो प्रयास गरेका छौं । खेलाडीहरुलाई पनि यो राम्रो अवसर हो आफ्नो स्तर देखाउने । त्यसैले अन्य टोलीझैं आफूलाई सिद्ध पार्न तत्पर छौं ।

मानबहादुर तामाङ – कप्तान

ए डिभिजनको अनुभव बोकेको कारण टिममा केहि योगदान दिनुपर्ने अवस्था छ । प्रशिक्षक र व्यवस्थापन टोलीले पनि सहयोग गरेको छ । गत सिजन शेर्पाको कप्तानी गरेकोमा अहिले नयाँ चुनौती लिएर आएको छु । सक्दो राम्रो प्रदर्शन गर्दै क्लबलाई सहयोग गर्ने प्रयास हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.