default_image

4 years ago

November 19, 2021

लिग आजदेखि, नव प्रवेशी सातदोबाटो र फ्रेन्ड्स भिड्दै

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदण्ड सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबसँग खेल्नेछ ।

खेल अपरान्ह ४ः४५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल फ्लड लाइटमा खेलाईने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ । नव प्रवेशी सातदोबाटो पहिलो खेलमा फ्रेन्ड्सलाई स्तब्ध पार्दै शीर्ष डिभिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

टोलीलाई अनुभवी प्रशिक्षक मेघराज केसीले प्रशिक्षण दिइरहेका छन् । टोली हिमालयन शेर्पाका पूर्वकप्तान मान बहादुर तामाङको कप्तानीमा उत्रनेछ । टोलीसँग आदिल हामिद, पिटर सेगुन, स्यान्सु भुषाल, वसन्त तामाङ, अभिषेक बराल, पासाङ लामा, आशिष राई, सुदिप गुरुङ, प्रकाश पुन, करण रावत, रन्जन पुन र सुशिल राई रहेका छन् ।

यता, फ्रेन्ड्स पनि नव प्रवेशी सातदोबाटोलाई पराजित गर्दै लिगमा सुखद् सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग सुरज विक, प्रकाश बुढाथोकी, सुशिल लामा, असिम भुषाल, अनिल महर्जन, यदु सिलवाल, देव लिम्बु, विकास लामा लगायत खेलाडीको साथ रहेको छ ।

लिगको पूर्व सन्ध्यामा सहभागी टिमका प्रशिक्षक र कप्तानले आफ्नो टोलीको तयारीबारे जानकारी दिँदा फ्रेन्ड्सले आफ्नो लक्ष्य रेलिगेसन टार्ने रहेको बताएको थियो । यता सातदोबाटोले लिगमा प्रतिस्पर्धा गरेर ए डिभिजन लिगको पहिचान कायम राख्ने दावी छ ।

दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुने छन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यसपटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्नेछन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

यसपटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५-२५ हजार पाउने छन् ।

खेलअघि यसो भन्छन् प्रशिक्षक र खेलाडी

फ्रेन्ड्स क्लब

प्रशिक्षक – मृगेन्द्र मिश्र

तयारी राम्रो भएको छ । ४० दिनको तयारी गरेर आएका छौं । आफू सुरक्षित हुने पहिलो लक्ष्य छ । सातदोबाटो नयाँ टोली भएपनि नयाँ जोश हुन्छ । हामीलाई पूरा प्रयास गर्नेछौं ।

कप्तान – सुरज विक

तयारी राम्रो भएको छ । हामीले अ‍ौसत टिम बनाएका छौ ‌‌। विगत भन्दा फरक टोलीमा रहँदा केहि दबाब पक्कै छ । त्यसमा खरो उत्रने प्रयास गर्नेछौं ।

सातदोबाटो युवा क्लब

मेघराज केसी – प्रशिक्षक

नयाँ टिम भएपनि हामीले त्यो महसुस हुन नदिने लक्ष्य राखेका छौं । क्लब व्यवस्थापन नयाँ भएपनि हामी प्रशिक्षक र खेलाडीले सक्दो राम्रो प्रयास गरेका छौं । खेलाडीहरुलाई पनि यो राम्रो अवसर हो आफ्नो स्तर देखाउने । त्यसैले अन्य टोलीझैं आफूलाई सिद्ध पार्न तत्पर छौं ।

मानबहादुर तामाङ – कप्तान

ए डिभिजनको अनुभव बोकेको कारण टिममा केहि योगदान दिनुपर्ने अवस्था छ । प्रशिक्षक र व्यवस्थापन टोलीले पनि सहयोग गरेको छ । गत सिजन शेर्पाको कप्तानी गरेकोमा अहिले नयाँ चुनौती लिएर आएको छु । सक्दो राम्रो प्रदर्शन गर्दै क्लबलाई सहयोग गर्ने प्रयास हुनेछ ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.