default_image

4 years ago

November 19, 2021

अन्जनको कप्तानीमा मनाङको टोली घोषणा

306 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टको कप्तानीमा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७८ को लागि टोली घोषणा गरेको छ ।

मनाङले केहि नयाँ खेलाडीलाई क्लबमा अनुबन्ध गर्दै २३ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको गोलरक्षकमा विशाल सुनार, अशोक बराल र तोप बहादुर राना छन् । त्यस्तै गत सिजन टोलीमा रहेका विमल राना, निशान लिम्बु, पुजन उपरकोटी र आदित्य चौधरी यसपटक पनि टोलीमा नियमित छन् । विदेशी खेलाडीमा मनाङले ओलावाले आफिजलाई निरन्तर राख्दा भारतीय मिडफिल्डर दयानन्द सिंह एलाब्गम पनि टोलीमा छन् । राष्ट्रिय टोलीका डिफेन्डर दीनेश राजवंशी र मिडफिल्डर नितिन थापा यो सिजन मनाङको जर्सीमा देखिनेछन् ।

अर्का विदेशी फरवार्ड सोमिडे आदेलाजा मनाङ फर्किएका छन् । डिफेन्डर फ्रान्क्लिन क्वेटे टाला नेपाल सुपर लिगमा प्रभाव जमाएपछि मनाङमा अनुबन्धित भएका छन् । मिडफिल्डर रुपेश केसी र अनुभवी फरवार्ड दीपक राई पनि पुन: मनाङको जर्सीमा देखिनेछन् । मिडफिल्डमा विश्व अधिकारी र डिफेन्डरद्वय प्रवेश दनुवार र सरोज योन्जन मनाङ आएका छन् ।

मनाङले क्लबकै पूर्व खेलाडी राजेन्द्र तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको छ । उनीसँगै नाइजेरियन तोपे फुजा क्लबको प्रशिक्षक रहनेछन् । क्लबले विनोद डंगोललाई गोलरक्षक प्रशिक्षक नियुक्त गरेको छ । व्यवस्थापकमा रामबहादुर गुरुङ तथा फिजियोमा कर्मा छोदेन गुरुङ रहेकी छिन् ।

मनाङले लिगको पहिलो खेलमा जावलाखेल युवा क्लबको सामना गर्दैछ । खेल आइतबार दिउँसो ४:४५ बजे दशरथ रंगशालामा हुनेछ ।

मनाङको पूर्ण टोली :

अन्जन विष्ट (कप्तान), अशोक बराल, विमल राना, निशान लिम्बु, विश्व अधिकारी, सरोज योन्जन, दीपक राई, फ्रान्क्लिन क्वेटे टाला, एकराज बुढाथोकी, नरेन्द्र चौधरी, तोपबहादुर राना, दिनेश घर्तिमगर, रुपेश केसी, प्रवेश दनुवार, पुजन उपरकोटी, विशाल सुनार, नितिन थापा, दीनेश राजवंशी, आफिज ओलावाले, आदेलाजा सोमिडे, आदित्य चौधरी, प्रशान्त लामा, दयानन्द सिंह, सुजल श्रेष्ठ (जुनिअर)

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.