default_image

4 years ago

November 20, 2021

शेर्पा र संकटाको बराबरी

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको नेपाल आइस हिमालयन शेर्पा क्लब र संकटा क्लबको खेल १-१ को बराबरीमा टुंगिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि संकटाले ६० औं मिनेटमा लक्ष्मण रुचालको गोलमा दोस्रो हाफमा अग्रता लिएको थियो । उनले सुभास गुरुङले बायाँ विंगबाट दिएको क्रसलाई गोलमा परिणत गरेका थिए । गोलरक्षक दीप कार्कीले बल फुस्काएपछि लक्ष्मण गल्तिको फाइदा उठाउँदै गोल गर्न सफल रहे ।

शेर्पाले तीन मिनेटपछि नै खेल बराबरीमा ल्यायो । त्रिदेव गुरुङले हेडरमार्फत गोल गर्दै शेर्पालाई खेलमा फर्काए । जीवन गुरुङको क्रसमा त्रिदेवको हेडर सोचेजस्तो प्रहार नभएपनि संकटाका डिफेन्डरको ठिक माथिबाट गोलमा परिणत भएको थियो । थप समयमा गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकियो ।

यसअघि शुक्रबार भएको खेलमा सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । लिगमा ४ टोलीको १-१ अंक भएको छ । शनिबार दोस्रो खेलमा च्यासल युवा क्लब र थ्री स्टार क्लब भिड्दैछन् । खेल ४:४५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.