4 years ago
November 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी प्रतिद्वन्द्वी च्यासल युवा क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७८ मा विजयी सुरुवात गरेको छ । राष्ट्रिय टोलीमा खेलेका खेलाडी र विदेशी खेलाडीको संयोजन मिल्दा थ्री स्टारले सेट पिसमा सबै गोल गर्दै ३-० को जित दर्ता गर्यो ।

खेलको २२ औं मिनेटमा निशान खड्काले फ्रिकिकमा दर्शनीय गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई निशानले टप कर्नरमा गोल गरेका थिए । च्यासलका गोलरक्षक प्रदीप भण्डारीले बलको दिशा ठम्याएपनि बललाई बाहिर राख्न भने सकेनन् ।
त्यसको ४ मिनेटपछि नै च्यासलले खेल बराबरी गर्ने सुवर्ण अवसर पायो । डिफेन्डर अनन्त तामाङले पेनाल्टी क्षेत्रभित्र फरवार्ड विकास मेराग्लियालाई ठेलेको भन्दै रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टी दिए । तर विकासकै प्रहारलाई थ्री स्टारका गोलरक्षक येभ्स प्रिसोले विफल पारे ।
त्यसपछि थ्री स्टारले लगातार आक्रमण बुन्दै च्यासलको डिफेन्सलाई समस्या दिइरह्यो । पहिलो हाफको अन्तिम मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पार्यो । हेमन्त थापामगरले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिकलाई राफाएल रिमले हेडरमार्फत गोल गरे । उनले गोलको खुसियाली मनाउने क्रममा आफ्नो गर्भवती श्रीमतीलाई गोल समर्पण गरे ।

दोस्रो हाफको ५८ औं मिनेटमा अनन्तले थ्री स्टारलाई ३-० ले अघि बढाए । फेरी एकपटक हेमन्तकै सेट पिसमा अनन्तले फर्स्ट पोस्टमा गरेको फ्लिक हेडर फार पोस्टतर्फ गोल भएको थियो । आफ्नो मार्करलाई बिट गरेका अनन्तको रनलाई कुनै डिफेन्डरले ठम्याउन सकेनन् ।
यस नतिजासँगै लिगको तेस्रो खेलमा पहिलो जितको नतिजा निस्केको छ । थ्री स्टार ३ अंक जोड्दै लिगको शीर्षस्थानमा उक्लँदा च्यासल भने पुछारमा पुग्यो । यसअघि लिगको पहिलो खेलमा फ्रेन्ड्स र सातदोबाटो गोलरहित बराबरीमा रोकिँदा हिमालयन शेर्पा र संकटाको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।
आइतबार लिग अन्तर्गत दुई खेल हुनेछन् । पहिलो खेलमा एपिएफ फुटबल क्लबले ब्रिगेड ब्वाइजको सामना गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]