4 years ago
November 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो राउन्डको खेलमा आज (आइतबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी र एपिएफ फुटबल क्लबबीच खेल हुदैछ । खेल दिउँसो १ बजेपछि हुनेछ । दुवै टोली मैदान उत्रदा अंक नगुमाउने योजनामा हुनेछ । दुवै टोलीको लक्ष्य रेलिगेसन बचाउने रहेको छ ।
अनिल गुरुङको कप्तानीमा उत्रने बीबीसीसँग शिशिर लेखी, ड्याडी जुनियर वाम्वा, रोशन रानामगर, विशाल बस्नेत, रपन्दप पौडेल, मनोज राई, एन्जल महर्जन, रजत तिवारी, इवोट बर्टान्ड र रुडी रहेका छन् ।
यता एपिएफ पनि बीबीसीलाई हराउँदै लिगमा सुखद् सुरुवात गर्ने योजनामा हुनेछ । युवा खेलाडीले भरिपुर्ण एपिएफसँग नवीन लामा, टोप बहादुर विष्ट, सुदिप शिख्रकारलगयतको खेलाडीको साथ रहेको छ ।
दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ः४५ बजपछि हुनेछ । जावलाखेल बलियो मनाङलाई रोक्दै अंक खोस्ने लक्ष्यमा हुनेछ । जावलाखेलसँग सुरज ज्यु ठकुरी, रुप बहादुर लामा, फ्लोरेन्ट कोरा र अमिर श्रेष्ठलगायतको खेलाडीको साथ रहेको छ ।
यता, अन्जन विष्टको कप्तानीमा मैदान उत्रने मनाङसँग ओलावाले ओलाडिपो अफिज, दिनेश राजवंशी, विमल राना, आदित्य चौधरी, दयानन्द सिंह, एडिलाजा सोमेडे, पुजन उपरकोटी, विश्व अधिकारी, दीपक राई, नितिन थापा, फ्रान्कलिन कुटे टाला, प्रवेश दनुवार र विशाल सुनारको साथ रहेको छ ।
पहिलो राउन्डको तीन खेल सकिदा थ्री स्टारले मात्रै जित निकाल्न सफल भएको छ । थ्री स्टारले च्यासल युथ क्लबलाई शनिबार ३–० ले पराजित गरेको थियो । त्यसअघि हिमालयन शेर्पा र संकटाले १–१ गोलको बराबरी खेल्दा सातदोबाटो र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
लिगमा १४ टोलीको सहभागिता रहेको छ । दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछ । लिगको विजेताले ७५ तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले २५ लाख पाउने छन् । हरेक खेलको विजेताले ५० हजार पाउनेछन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५–२५ हजार पाउने छन् ।
२०५२ देखिको लिगमा ५ विधामा पुरस्कार दिदै आएको यसपटक व्यक्तिगत विधा भन्दा उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोभ्स र २ लाख, गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) मोस्ट भ्यालुएवललाई ३ लाख र राइजिङ प्लेयरलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ ।
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]