4 years ago
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्याङ्दी क्लब र संकटा क्लबले काठमाडौमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलको पहिलो हाफमा १–१ को बराबरी खेलेका छन् । खेलमा पछि परेको अवस्थाबाट मनाङले बराबरी गोल फर्काएको हो ।

निरज बस्नेतको गोलबाट संकटाले ३१ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत बललाई पोष्टको दिशा दिएका थिए । तर,त्यो अग्रता लामो समय टिकेन । ३५ औं मिनेटमा मनाङका लागि दयानन्द सिंहले बराबरी गोल फर्काएका थिए ।पुजन उपरकोटीको फ्रिकिकलाई अफिज ओलावालेले हेड गर्दै मिलाएपछि नजिकबाट दयानन्दले हेडरमार्फत गोल गरेका थिए ।
दशरथ रगंशालामा शनिबार भएको खेलको २४ औं मिनेटमा दीनेश राजवंशीको फ्रिकिक पोष्ट माथिबाट बाहिरिदाँ मनाङ अग्रता लिनबाट चुेकेको थियो । २६ औँ मिनेटमा दयानन्दको क्रसमा अफिज ओलावालेको प्रहार संकटाका डिफेन्डरले क्लियर गरिदिए ।

३० औं मिनेटमा संकटाका गोलकिपर राजाबाबु थापा विट भइसकेको अवस्थामा मनाङ कप्तान अन्जन विष्टको प्रहारलाई डिफेन्डर निरज बस्नेतले गोललाइनबाट क्लियर गरेका थिए । ३८ औँ मिनेटमा मनाङका पुजनको फ्रिकिक प्रहार किपरले पन्च गर्दै बचाए।
मनाङ संकटालाई पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने योजनामा छ । मनाङले सुरुवाती दुई खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पालाई समान १-० ले हराएको थियो । संकटा पनि मनाङको अपराजित यात्रामा पुर्णविराम लगाउँदै दोस्रो जितको खोजीमा छ । लिगको पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको संकटाले दोस्रो खेलमा फ्रेन्ड्समाथि २–१ को पूनरागमन जित निकालेको थियो।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]