4 years ago
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा फ्रान्कलिन कोटेटालाले दर्शनीय गोल गरेपछि उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेपनि मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरे । मनाङका दयानन्द सिंह र फ्रान्कलिन कोटे टालाले गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा दिनेश राजवंशीको फ्रिकिक पोष्ट माथिबाट बाहिरिदाँ मनाङ अग्रता लिनबाट चुक्यो ।
२६औँ मिनेटमा दयानन्द सिंहको क्रसमा अफिज ओलावालेको प्रहार संकटाका डिफेन्डरले क्लियर गरिदिए । ३०औं मिनेटमा संकटाका गोलकिपर राजाबाबु थापा विट भइसकेको अवस्थामा मनाङ कप्तान अन्जन विष्टको प्रहारलाई निरज बस्नेतले गोललाइनबाट क्लियर गर्दा मनाङ अग्रता लिनबाट चुक्यो । लगत्तै ३१औं मिनेटमा निरज बस्नेतको गोलबाट संकटाले अग्रता लिन सफल भयो ।
३१औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत बललाई पोष्टको दिशा दिएका थिए । तर, संकटाको त्यो अग्रता लामो समय टिकेन । ३५औं मिनेटमा मनाङका लागि दयानन्द सिंहले बराबरी गोल फर्काए । पुजन उपरकोटीको फ्रिकिकमा ओलावालेको हेडर पासलाई दयानन्दले पनि हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
३८औँ मिनेटमा मनाङका पुजनको फ्रिकिक प्रहार किपरले पन्च गर्दै बचाए । ५०औं मिनेटमा संकटाका टम्पी अर्नेष्टको प्रहार फितलो बन्यो । ६१औं मिनेटमा ओलावाले आफिजको प्रहार गोलरक्षक राजाबाबु थापा बिट भइसकेको अवस्थमा दोस्रो बारतर्फबाट बाहिरिदा मनाङल अग्रता लिन सकेन ।
७०औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । फोड फोफानाको क्रसमा अनमार्क रहेका उत्तमले सिक्स यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेका थिए । ७५औं मिनेटमा प्रवेश कुँवरको पेनाल्टी बक्सबाहिरको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबुले पञ्च गर्दै बचाउँदा मनाङ बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फ्रान्कलिन कोटे टालाले पेनाल्टी बक्सबाहिरबाट भलीमार्फत दर्शनीय गोल गर्दै मनाङलाई हारबाट जोगाए ।
जारी लिगमा मनाङको यो पहिलो बराबरी हो । यसअघि मनाङले जावलाखेल र हिमालयन शेर्पालाई समान १–० ले पराजित गरेको थियो । यस्तै अपराजित संकटाले पहिलो खेलमा शेर्पासँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा फ्रेन्ड्समाथि २–१ को पूनरागमन जित निकालेको थियो ।
संकटा र मनाङलाई दुई पोखरेली प्रशिक्षकले सम्हालिरहेका छन् । संकटामा विष्णु गुरुङ तथा मनाङमा राजेन्द्र तामाङ रहेका छन् । विष्णु संकटाका तथा राजेन्द्र मनाङका पुर्व खेलाडीसमेत हुन् ।
बराबरीसँगै अपराजित रहेको मनाङले शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ । मनाङको ३ खेलबाट ७ अंक पुगेको छ । संकटाको ३ खेलबाट ५ अंक छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]