9 years ago
November 19, 2016
धनगढी (हाम्रो खेलकुद)– सुदूरपश्चिम ११ ले शुभश्री प्यालेस फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताकञो उपाधि जितेको छ । आयोजक फारवेष्ट पशुपति क्लबलाई शनिबार ३(२ ले हराउँदै सुदूरपश्चिमले उपाधिसहित सूदुरपश्चिमाञ्चल क्षेत्रकै सर्वाधिक दुई लाख नगद हात पारेको हो । सुदूरपञ्चिमका लागि विनोद केसीले निर्णायक गोल गरेका थिए । फारवेस्टले १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको थियो ।

धनगढी रंगशालामा दश हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको फाइनलमा मणिराम चौधरीको गोलमा फारवेष्टले ११ औं मिनेटमा अग्रता लिएको थियो । ३३ औं मिनेटमा जीवन चौधरीले सुदुरपश्चिमलाई बराबरी गोल गरे । फारवेस्ट पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । मणिरामले पहिलो हाफमै दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोडेपछि फारवेस्ट दस खेलाडीमा सिमित भएको थियो । एक खेलाडी कम भएको फाइदा उठाउँदै विनोदले सुदूरपश्चिमका लागि ६५ औं मिनेटमा गोल गरे । तर, ८१ ओं मिनेटमा फारवेस्टका जिम्मीले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । तर खेल सकिन ३ मिनेट बाँकी रहँदा विनोले अर्को गोल थपे र टोलीलाई जित दिलाए । विनोद फाइनलको म्यान अफ द म्याच बनेका थिए ।
सुदूरपश्चिमका रामसिंह राना प्रतियोगिताका उत्कृष्ट खेलाडी , शसस्त्र प्रहली बलका भीम विक उत्कृष्टकिपर भएपनि ६ गोल गरेका फारवेस्ट मणिराम सार्वाधिक गोलकर्ता बने । उत्कृष्ट तीनजनाले समान १० हजार रुपैयाँ पाए ।
आयोजक क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको समापन अवसरमा नेपाल प्रहरीका सुदुरपश्चिम क्षेत्रका डिआईजी विजयराज भट्ट, कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंह लगायतले विजेता उपविजेता टोलीका खेलाडीलार्य पुरस्कृत गरे । आयोजकले अर्को बर्ष पुरस्कार राशीमा बृद्धि गरिने जनाएको छ ।

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]