4 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन फरवार्ड ओलावाले आफिजले ए डिभिजन लिग अन्तर्गत शनिबार हुने मच्छिन्द्र क्लबविरुद्ध खेल गुमाउने भएका छन् ।

मनाङका लागि जारी लिगमा सबै ५ खेलमा सुरुवात गर्दै पूरा समय बिताएका ओलावालेले प्रतिबन्धका कारण नखेल्ने भएका हुन् । मनाङले गत शनिबार पोखरामा खेलेको नेपाल पुलिस क्लबविरुद्ध खेलमा ओलावालेले पहेंलो कार्ड पाएका थिए । जारी लिगमा उनको दोस्रो कार्ड भएका कारण उनले आजको खेल गुमाउने भएका हुन् । लिगको नियमअनुसार हरेक दोस्रो पहेंलो कार्डपछि खेलाडीले एक खेल प्रतिबन्ध पाउनेछन् ।
ओलावालेले यसअघि संकटाविरुद्ध खेलमा पनि पहेंलो कार्ड पाएका थिए । उनले यस सिजन मनाङका लागि २ गोल गरेका छन् । ओलावालले हिमालयन शेर्पा क्लबविरुद्ध १-० जितमा एकमात्र गोल गरेका थिए । त्यस्तै फ्रेन्ड्सविरुद्ध २-० को जितमा पनि उनले सुरुवाती अग्रता दिलाएका थिए ।
मनाङले उनको अनुपस्थितिमा विमल रानालाई सुरुवाती रोजाइमा उतार्ने सम्भावना छ । यस्तै अन्जन विष्ट र आदेलाजा सोमिडेले सेन्टर फरवार्ड खेलेर निशान लिम्बुले विंगरको रुपमा खेल्ने सम्भावना पनि छ ।
आजको खेल दुवै टोलीलाई अंक तालिकाको शीर्षस्थान सँगै एएफसी कप छनोटको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने हुनाले पनि यो खेलको महत्त्व बढेको छ ।
हाल मनाङ ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै मच्छिन्द्रको ५ खेलमा ११ अंक छ । आज जित हासिल गर्ने टोलीले एएफसी कप छनोट खेल्न बलियो दाबेदारी प्रस्तुत हुनेछ । अर्को चरणमा मनाङले पोखरामा ब्रिगेड ब्वाइजसँग खेल्दा मच्छिन्द्रले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]