default_image

4 years ago

January 5, 2022

एएफसी कपमा अघि बढ्ने सुजलको विश्वास

393 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टोलीको मेहनतका कारण एएफसी कप छनोटमा पुग्न सफल भएको जनाउँदै मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले खुसी व्यक्त गरेका छन् । उनले छनोट पार गर्दै अघि बढ्ने विश्वास समेत व्यक्त गरे ।

‘एएफसी कप छनोट खेल्न पाउँदा अवश्य पनि खुसी लागेको छ । सातौं खेलमा निर्णय भएको छ’, उनले भने, ‘अलिक टोलीमाथि दबाब पनि थियो । तर, सफल भयौं । खुसी छौं । सम्पूर्ण टोलीले मेहनत गरेर यो सफलता प्राप्त गरेका छौं ।’

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको खेलमा आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मछिन्द्रले एएफसी कप छनोटको यात्रा पक्का गरेको थियो । सातौं चरण जारी रहँदा अपराजित रहेको मछिन्द्रले ७ खेलबाट १७ अंक जोड्यो । मछिन्द्रले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । मनाङको त्यति नै खेलमा १६ अंक छ ।

मनाङले शनिबार पोखरामा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै एएफसी कप छनोटको सम्भावना जीवित राखेको थियो । तर आइतबार मछिन्द्रको जितसँग मनाङको सम्भावना समाप्त भएको थियो ।

सुजलले २०७६ मा लिग च्याम्पियन भएर पनि एएफसी कप छनोट खेल्न नपाउँदा दुःख लागेको स्मरण गरे । ‘पहिला त्रिभुवन आर्मी फुटबल क्लबले यहाँ एएफसी कप छनोट खेल्दा दुःख लागेको थियो । एएफसी क्लब लाइसेन्स नभएर हामीले जितेर पनि खेल्न पाएनौं’, उनले भने, ‘यसपाली हामीले खेल्न मौका पायौं । यसपटक भगवानले पनि साथ दिनुभएको जस्तो लाग्यो ।’

मनाङमा लामो समय बिताएका सुजलसहित केहि सिनियर खेलाडी मछिन्द्रमा गएकै वर्ष टोलीलाई पहिलो पटक लिग च्याम्पियन बनाएका थिए । तर, क्लब लाइसेन्स नभएका कारण लिग च्याम्पियन मछिन्द्रको सट्टा आर्मीले एएफसी कप छनोट खेलेको थियो । आर्मी पहिलो चरण पार गर्न सफल भएको थियो । आर्मीपछि यसै वर्ष मछिन्द्र, मनाङ र एपिएफ फुटबल क्लबले क्लब लाइसेन्स प्राप्त गरेका हुन् । यसपटक यिनै चार टोली मात्र एएफसी कप छनोटको दौडमा थिए । आर्मी र एपिएफ पहिला नै छनोटको सम्भावना बाट बाहिरिएका थिए । सातौं चरण सम्म आइपुग्दा मनाङ र मछिन्द्रबीच मात्र प्रतिस्पर्धा थियो, जसमा मछिन्द्रले बाजी मारेको छ ।

एएफसी छनोटको पहिलो चरणका बारेमा बोल्दै सुजलले भने, ‘अब कुन टिम सँग पर्ने निर्णय भइसकेको छैन जस्तो लाग्यो । टिम हेरौं पहिला । हाम्रो टिम राम्रो छ । सिनियर र युवा खेलाडी मिलेर बनेको टोली छ । मेरो विचारमा हामी अगाडि बढ्छौं जस्तो लाग्छ ।’

उनले एएफसी कप छनोट सहज भने पक्कै नहुने बताएका छन् । पहिलो चरणमा श्रीलंका र भुटानका टोलीको सामना गर्नुपर्ने हुन सक्छ । त्यसमा छनोट भएमा बंगलादेश र भारतका लिग च्याम्पियन टोलीको सामना गर्नुपर्ने हुन्छ । ‘अवश्य पनि अप्ठेरो हुन्छ । श्रीलंका र भुटान फरक टिम हुन्छ’, उनले भने, ‘त्यसपछिका बंगलादेश र भारत अर्को स्तरका छन् । फरक त पर्छ ।’

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.